अल्डरसट । ग्रेटर रसमोर नेपाली कम्युनिटीले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि १४ अक्टुवर २०१८ बिहान ठिक १० बजे सुरु हुने रसमोर बरो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्ससंगको साझेदारीमा १० किलोमिटर र २ किलोमिटर ‘फन रन’ को तयारी पुरा गरेको छ ।
यस वर्ष १० के तर्फ ११०० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेकोमा १० के तर्फ हालसम्म ९६८ जनाले बुक गरिसकेको रेस डाइरेक्टर देव पोर्टरले जानकारी गराए ।
नेपाली र स्थानीय समुदाय एक साथ रही आयोजना गरिने उक्त रन पहिला १० के मात्र गर्ने गरिएकोमा गत बर्षदेखि बच्चा, बृद्ध र महिलाहरुलाई मध्यनजर राखी ‘फन रन’ समेत आयोजना गर्न सुरुवात गरिएको हो । ‘फन रन’ को सम्पूर्ण जिम्मेवारी भने ग्रेटर रसमोर नेपाली कम्युनिटीले बहन गरेको जीआरएनसी अध्यक्ष जीव बेलबासेले जनाए । दौड उद्घाटन जीआरएनसी अध्यक्ष जीव बेलबासेले गर्ने कार्यक्रम छ ।
दुवै समुदायबीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण साबित भएकाले हरेक वर्ष अक्टुबरमा निरन्तर रुपमा आयोजना गर्ने गरिएको छ । सल्लाहकार मेजर रिटायर्ड खिम गौचन संयोजक र उनको सहयोगार्थ बरिष्ठ उपाध्यक्ष रामधन राई, उपाध्यक्ष नेम थापा, उपाध्यक्ष रन्जिता मल्ल, महासचिव मान गुरुङ र बिर बलाल रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ भने सल्लाहकार क्याप्टेन वीर थापा र उनको टिमले मार्शल र साँस्कृतिक क्रियाकिलापको सम्पूर्ण जिम्मेवारी निर्वाह गर्ने छ ।
त्यसै गरि मिमोसा अल्डरसटका मेनेजर एवं जीआरएनसी सदस्य दिल नेपालीले हल्का खानाको व्यवस्था गर्ने छन् भने रशमोर बरो काउन्सिलका मार्टिन स्टेरियो, ब्ल्याक वाटर भ्याली रनर्सका देव पोर्टर, ग्रेंजरका जेनी अपस्टिलको विशेष जिम्मेवारी छ ।
१० के एवं ०२ के फन रनको लागि मंगलवार बसेको अन्तिम बैठकको समिक्षा अनुसार विगत वर्षहरुमा भन्दा यो वर्ष नेपालीको तर्फबाट दौडमा भाग लिनेको संख्या निकै नै घटेको पाइएकोले पुन: सबै नेपाली समुदायमा https://www.fullonsport.com/event/rushmoor-wellesley-10k-run-2018/profile मा गइ यथासक्य छिटो बुक गर्न ग्रेटर रशमोर नेपाली कम्युनिटीद्वारा अपिल गरिएको प्रवक्ता प्रमिला राईले बताइन् ।
दौडमा १० के तर्फ टीसर्ट र मेडल प्रदान गरिने छ भने फन रन तर्फ मेडल प्रदान गरिने छ ।
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे