
लन्डन । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले स्पोर्टस् च्यारिटी कार्यक्रम गरेको छ । १८ अगस्त २०१८ मा भएको च्यारिटीबाट संस्थाले ३ हजार १४२ पाउण्ड संकलन गर्न सफल भएको छ ।
कार्यक्रमबाट संकलित रकम संस्थाले किनेको भवनको ऋण तिर्न खर्च गर्ने, यस क्षेत्रमा डायमन्ड बुद्धिस्ट सेन्टरद्वारा अगाडि बढाइएको बौद्ध गुम्बा निर्माण अभियान र रोयल नेपलिज ग्रीनविच सोसाइटीले सञ्चालन गर्दै आएको बालबालिकाका लागि नेपाली भाषा पठनपाठनमा आर्थिक सहयोग गर्ने संस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङले प्रतिवद्धता जनाए ।
शनिबार २९ सेप्टेम्बरमा संस्थाको भवनमा बसेको बैठकले संकलित रकमबाट २५० पाउण्डको दरले डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा खरिद र रोयल ग्रीनवीच नेपाली सोसाइटीद्वारा सञ्चालित नेपाली कक्षालाई जम्मा ५ सय पाउण्डको चेक दुबै संस्थाका अध्यक्षद्वय सुमलकुमार गुरुङ र हरिगोविन्द गुरुङलाई हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङको नेतृत्वमा संस्थाले आफ्नो उद्देश्य अनुरुप धेरै उदाहरणीय कार्य गर्दै आएको छ ।
वहुप्रतिक्षित संस्थाको भवन खरिद पश्चात द्रुत गतिमा च्यारिटीका कार्यक्रम गरेर भवनलाई ऋण मुक्त गर्ने दिशातर्फ संस्था लागेको छ ।
च्यारिटीमा बारबेक्यू लगायत अन्य नेपाली परिकार, पेय पदार्थ र मनोरन्जनात्मक खेलकुद व्यवस्था गरिएको थियो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय