लन्डन । लन्डन बस्ने एक युवा राजन अधिकारीले आफ्नो क्यामेरामा कैद गरेका आकर्षक तस्विरहरुको पहिलो प्रदर्शनी गरेका छन् ।
‘लन्डन सिटीस्केप एक्जिविसन’ थिमको उक्त प्रदर्शनी गत ८ र ९ एवं १५ र १६ सेप्टेम्बरमा भएको हो । प्रदर्शनी लन्डनको इलिङ कमनस्थित आइज अन द कमनमा भएको थियो ।
कुल ४० थान तस्विर प्रदर्शनीमा थिए । ति मध्ये ३ वटा तस्विर ‘प्यानल प्रिन्ट कम्पिटिसन २०१८’ मा पुरस्कृत भएका पनि समावेश रहेको अधिकारीले जनाए ।
लन्डन शहरका वेम्ली, अल्पर्टन, इलिङ, नर्थहोल्ट, रइसलिपका तस्विरहरु प्रदर्शनमा राखिएको थियो । प्रदर्शनीमा राखिएका १२ वटा तस्विर बिक्री भएको राजनले बताए ।
प्रदर्शनी अवलोकन गर्न इलिङ एण्ड हयाम्पसायर हाउस फोटोग्राफीक सोसाइटीका अध्यक्ष फिलिप डिन, बर्ड ब्याटलफिल्ड टुर्सका निक्की बर्ड, डोरोथी क्रफ्ट ट्रष्ट आवद्ध डोना लि क्रफ्ट लगायत करिब डेढ सय जना आएका थिए । पहिलो प्रदर्शनीमार्फत स्थानीयले आफ्ना तस्विरहरु अवलोकन गरिदिएकामा दंग छन् अधिकारी ।
इलिङ एण्ड हयाम्पसायर हाउस फोटोग्राफीक सोसाइटी र बरो अफ इलिङ आर्ट ट्रेल (बिट) का सदस्य अधिकारीले विगत ८ वर्ष देखि फोटोग्राफी र क्यामेरासंग निकट साइनो गांसेका छन् । राजनले तीन वर्ष यता चाहिं यथेष्ट अत्याधुनिक सामाग्रीसहित व्यवसायिक रुपमै आफूलाई चिनाउन उद्यत छन् । ‘अहिले नै यो पेशाबाट जिविका चलाउन त गारहो छ । तर, क्षमताले भ्याएसम्म फोटोग्राफीमै लाग्ने सोचले अगाडि बढिरहेको छु’- उनले भावी योजना सुनाए । उनी आर्किटेक्चर, ल्याण्डस्केप, पोरट्रेटस र प्रकृतिका तस्विरहरु खिच्न मन लाग्ने बताउंछन् ।
उनलाई www.rajanadhikari.com https://www.instagram.com/rajan.com.np/मा सम्पर्क गर्न सकिन्छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय