लण्डन । अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत डा. दुर्गा बहादुर सुवेदी संगठनको प्रवर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन्।
२१ सेप्टेम्वर २०१८ मा लण्डनमा सम्पन्न १२२ औं अधिवेशनले डा. सुवेदीलाई संगठनको उक्त महत्वपूर्ण पदमा निर्वाचित गरेको हो । सन् २०१९-२० का लागि कमिटीको अध्यक्षमा निर्वाचित सुवेदी यस अघि मेक्सिकोमा सम्पन्न १२१ औं अधिवेशनमा सो समितिको उपाध्यक्षमा निर्वाचित भएका थिए ।
उक्त अधिवेशनले नेपाललाई संगठनको मूल समिति र तत्थ्याङ्क समितिको कार्यकारी सदस्य पदमा समेत निर्वाचित गरेको छ ।
राजदूत डा. सुवेदीको नेतृत्वमा सम्पन्न अधिवेशनका लागि नेपाली प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिव तोयनारायण ज्ञवाली, राष्ट्रिय चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप-सचिव बुद्धिप्रसाद उपाध्याय, नेपाली राजदूतावासका काउन्सेलर शरदराज आरण, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत लक्ष्मण पोखरेल, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सल्लाहकार डा. बद्रीप्रसाद बस्ताकोटी र नेपाली दूतावासका तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरे सदस्य थिए।
नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय कफी संगठनका अध्यक्ष महामहिम एली टुर, कफी उत्पादक राष्ट्रहरुको समूह संयोजक तथा प्रवक्ता एवं संगठनका लागि ब्राजिलका स्थायी प्रतिनिधि महामहिम हर्मानो रिबेइरोसँग शिष्टाचार भेट गरी अन्तर्राष्ट्रिय कफी संगठनमा कफी उत्पादक राष्ट्रहरुको हक, हित र कल्याण एवं नेपालको कफी उत्पादन र बजार प्रवर्दन तथा संगठनमा नेपालको सक्रिय सहभागिता सम्बन्धमा द्धिपक्षीय वार्ता गरेको थियो।
उक्त अधिवेशन अवधिभर नेपाली दूतावासले नेपाली कफी सम्बन्धी प्रचार प्रसार र सामग्री वितरण गर्न अधिवेशनस्थलमा स्टल राखेको थियो। अधिवेशनको औपचारिक उद्धाटनका दिन नेपाली दूतावासले नेपाली कफी रिसेप्सन आयोजना गरेको थियो।
सन् २०१७ मा मात्र संगठनको पूर्ण सदस्यता प्राप्त गरेको नेपालले डेढ वर्षभित्र उक्त संगठनमा प्राप्त गरेको सफलतालाई संगठनका सदस्य राष्ट्रहरुले महत्वपूर्ण उपलब्धीका रुपमा लिएका छन्।
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे