काठमाडौँ, ३ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा राष्ट्रभाषा नेपालीका साथै सात भाषामा देशभित्र र बाहिर रहेका नेपालीमा शुभकामना सन्देश दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपाली भाषामा पूर्ण विवरणको सन्देश दिनुभएको छ भने अन्य भाषामा त्यसका मुख्य भाव र अंश समेटेर सामाजिक सञ्जालमार्फत सबै पेशा, क्षेत्र, लिङ्ग, समुदाय र सम्पूर्ण राजनीतिक दलका नेता एवं देशवासीमा आन्दोलनको चरण सकिएकाले विकास र समृद्धिको अभियानको चरणमा सहयोगी भावनाका साथ अग्रसर भई राष्ट्रिय दायित्व पूरा गर्न आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपाली, अङ्ग्रेजी, नेपालभाषा, भोजपुरी, मैथिली, खाम मगर र तामाङ भाषामा शुभकामना दिनुभएको जानकारी दिनुभयो । उहाँले बहुभाषिक नेपालमा भाषाभाषीको उत्थान र प्रोत्साहनका लागि नयाँ परम्परा स्थापना गर्न उक्त प्रयोग गरिएको बताउनुभयो । नेपालको संविधानको धारा ३२ मा मौलिक हकअन्तर्गत भाषिक र सांस्कृतिक हकको प्रबन्ध गरिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते