अल्डरसट । गैर आवासीय नेपाली संघ युकेको यही सेप्टेम्बर २९ मा हुने काउन्सिल बैठकको तयारी पूरा भएको आयोजकले बताएका छन् ।
सो बैठक बेलायतमा बसोबासरत नेपालीहरुलाई कसरी एनआरएनए युकेमा संगठित गर्ने, नेपाली नागरिकताको निरन्तरता कसरी दिलाउने, गोर्खाका समस्यालाई कसरी समाधान गर्ने, बेलायतमा सिकेको सीप कसरी नेपालमा स्थानान्तरण गर्ने, युवा वर्गलाई एनआरएनएमा कसरी आकर्षित गर्ने लगायतका विषयमा केन्द्रीत रहने एनआरएनए युकेकी उपाध्यक्ष तथा काउन्सिल बैठककी संयोजक श्रीमती पुनम गुरुङले जानकारी दिइन् ।
यसैगरी, युकेमा रहेका उच्च शिक्षित वर्गको एनआरएनप्रतिको उदासिनताको कारण र समेट्ने उपाय, सन् २०२१ मा युकेमा हुने जनगणनामा नेपाली समुदायले खेल्नपर्ने भूमिका लगायतका महत्वपूर्ण विषयहरुमा समूहगत छलफल गरी निष्कर्ष निकालिने पनि उनले थपिन् ।
अल्डरसटस्थित एम्पायर हलमा हुने सो बैठकमा बेलायतका लागि नेपाली राजदूत, एनआरएनए केन्द्रीय अध्यक्ष, उपाध्यक्ष लगायत अरु प्रतिनिधिहरु, बेलायतस्थित पेशाकर्मी, बुद्धिजीबी, समाजसेवी, पत्रकार समेतको सहभागिता रहने बताइएको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन