अल्डरसट । गैर आवासीय नेपाली संघ युकेको यही सेप्टेम्बर २९ मा हुने काउन्सिल बैठकको तयारी पूरा भएको आयोजकले बताएका छन् ।
सो बैठक बेलायतमा बसोबासरत नेपालीहरुलाई कसरी एनआरएनए युकेमा संगठित गर्ने, नेपाली नागरिकताको निरन्तरता कसरी दिलाउने, गोर्खाका समस्यालाई कसरी समाधान गर्ने, बेलायतमा सिकेको सीप कसरी नेपालमा स्थानान्तरण गर्ने, युवा वर्गलाई एनआरएनएमा कसरी आकर्षित गर्ने लगायतका विषयमा केन्द्रीत रहने एनआरएनए युकेकी उपाध्यक्ष तथा काउन्सिल बैठककी संयोजक श्रीमती पुनम गुरुङले जानकारी दिइन् ।
यसैगरी, युकेमा रहेका उच्च शिक्षित वर्गको एनआरएनप्रतिको उदासिनताको कारण र समेट्ने उपाय, सन् २०२१ मा युकेमा हुने जनगणनामा नेपाली समुदायले खेल्नपर्ने भूमिका लगायतका महत्वपूर्ण विषयहरुमा समूहगत छलफल गरी निष्कर्ष निकालिने पनि उनले थपिन् ।
अल्डरसटस्थित एम्पायर हलमा हुने सो बैठकमा बेलायतका लागि नेपाली राजदूत, एनआरएनए केन्द्रीय अध्यक्ष, उपाध्यक्ष लगायत अरु प्रतिनिधिहरु, बेलायतस्थित पेशाकर्मी, बुद्धिजीबी, समाजसेवी, पत्रकार समेतको सहभागिता रहने बताइएको छ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा