लन्डन । बेक्सली नेपाली समाज यूकेले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा विशेष कार्यक्रम गरेको छ । कार्यक्रम प्रमुख अतिथी इष्ट वीक्याम वार्डका काउन्सिलर क्रिष्टिना क्याटारेल, समाजका संस्थापक अध्यक्ष केशबहादुर गुरुङ, अध्यक्ष विजय गुरुङ र कार्यक्रम संयोजक उमा गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
मन्तव्यका क्रममा काउन्सिलर क्याटारेलले नेपाली समाज मार्फत आफूले नेपाल र नेपालीको परम्परा एवं धर्म संस्कृतिबारे धेरै कुरा बुझ्ने अवसर पाएको बताउंदै अझ धेरै सिक्न उत्सुक भएको बताइन् ।
समाजका अध्यक्ष विजय गुरुङले बेक्सली समाज सबै नेपालीको साझा फुलबारी भएकोले सो फुलबारीमा सधैं भवरा डुलेको हेर्न चाहेको बताए । उनले नेपाली नेपाली बीच भातृत्व, एकता र सहसम्बन्धका माध्यमबाट एकता अटुट रहिरहने विश्वास समेत व्यक्त गरे ।
आयोजकको तर्फबाट माया गुरुङले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा नेपाली कला संस्कृतिको जर्गेना गरी नेपाली संस्कृतिलाई देश विदेशसम्म चिनाउन सकिने विचार व्यक्त गर्दै सबै नेपाली चेलीबेटीलाई माइतीघर बिर्सेर कार्यक्रममा रम्न र रमाउन आग्रह गरेकी थिइन् ।
दुई चरणमा सम्पन्न कार्यक्रमको संयोजन समाजकी उपाध्यक्ष उमा गुरुङले गरेकी थिइन् भने समाजका अन्य सदस्यहरु बिन्दु गुरुङ, विमला शर्मा धरेल, सुष्मा ढुंगाना, बिजिता गौतम, बिजिता भण्डारी, टंक गुरुङ, आनन्द धरेल, कमल गुरुङ, डिजे किरण सुब्बा लगायतले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।
दोस्रो चरणको कार्यक्रममा नेपालबाट अतिथीको रुपमा आएका कलाकार रमेशराज भट्टराईले आधा दर्जन भन्दा बढी कालजयी गीत प्रस्तुत गरेपछि प्रमुख अतिथी क्याटारेल सहितका अतिथिहरु मञ्चमै पुगेर नाचेका थिए ।
कार्यक्रममा समाजका सदस्य तथा स्थानीय नेपाली कलाकारहरु कृतिका भट्टराई, प्राप्ती ढुगांना, हेविना सेढांइ लगायतले आकर्षक नृत्य प्रस्तुत गरे । कार्यक्रम थप आर्कषक बनाउन चिठ्ठा र उपहारको समेत व्यवस्था गरिएको थियो भने उपस्थित सम्पूर्ण दिदीबहिनीहरुलाई समाजको तर्फबाट मायाको चिनो प्रदान गरियो ।
समाजका महासचिव हरिश ज्ञावालीले सञ्चालन गरेको कार्यक्रममा प्रशंशा इ मिडियाका गुणदेव घिमिरे र होमनाथ ज्ञवालीले प्रचारप्रसार जिम्मा एवं समाजका सचिव केदार थपलियाले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन