लन्डन । बेक्सली नेपाली समाज यूकेले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा विशेष कार्यक्रम गरेको छ । कार्यक्रम प्रमुख अतिथी इष्ट वीक्याम वार्डका काउन्सिलर क्रिष्टिना क्याटारेल, समाजका संस्थापक अध्यक्ष केशबहादुर गुरुङ, अध्यक्ष विजय गुरुङ र कार्यक्रम संयोजक उमा गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
मन्तव्यका क्रममा काउन्सिलर क्याटारेलले नेपाली समाज मार्फत आफूले नेपाल र नेपालीको परम्परा एवं धर्म संस्कृतिबारे धेरै कुरा बुझ्ने अवसर पाएको बताउंदै अझ धेरै सिक्न उत्सुक भएको बताइन् ।
समाजका अध्यक्ष विजय गुरुङले बेक्सली समाज सबै नेपालीको साझा फुलबारी भएकोले सो फुलबारीमा सधैं भवरा डुलेको हेर्न चाहेको बताए । उनले नेपाली नेपाली बीच भातृत्व, एकता र सहसम्बन्धका माध्यमबाट एकता अटुट रहिरहने विश्वास समेत व्यक्त गरे ।
आयोजकको तर्फबाट माया गुरुङले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा नेपाली कला संस्कृतिको जर्गेना गरी नेपाली संस्कृतिलाई देश विदेशसम्म चिनाउन सकिने विचार व्यक्त गर्दै सबै नेपाली चेलीबेटीलाई माइतीघर बिर्सेर कार्यक्रममा रम्न र रमाउन आग्रह गरेकी थिइन् ।
दुई चरणमा सम्पन्न कार्यक्रमको संयोजन समाजकी उपाध्यक्ष उमा गुरुङले गरेकी थिइन् भने समाजका अन्य सदस्यहरु बिन्दु गुरुङ, विमला शर्मा धरेल, सुष्मा ढुंगाना, बिजिता गौतम, बिजिता भण्डारी, टंक गुरुङ, आनन्द धरेल, कमल गुरुङ, डिजे किरण सुब्बा लगायतले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।
दोस्रो चरणको कार्यक्रममा नेपालबाट अतिथीको रुपमा आएका कलाकार रमेशराज भट्टराईले आधा दर्जन भन्दा बढी कालजयी गीत प्रस्तुत गरेपछि प्रमुख अतिथी क्याटारेल सहितका अतिथिहरु मञ्चमै पुगेर नाचेका थिए ।
कार्यक्रममा समाजका सदस्य तथा स्थानीय नेपाली कलाकारहरु कृतिका भट्टराई, प्राप्ती ढुगांना, हेविना सेढांइ लगायतले आकर्षक नृत्य प्रस्तुत गरे । कार्यक्रम थप आर्कषक बनाउन चिठ्ठा र उपहारको समेत व्यवस्था गरिएको थियो भने उपस्थित सम्पूर्ण दिदीबहिनीहरुलाई समाजको तर्फबाट मायाको चिनो प्रदान गरियो ।
समाजका महासचिव हरिश ज्ञावालीले सञ्चालन गरेको कार्यक्रममा प्रशंशा इ मिडियाका गुणदेव घिमिरे र होमनाथ ज्ञवालीले प्रचारप्रसार जिम्मा एवं समाजका सचिव केदार थपलियाले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ