काठमाडौँ, २ भदौ – एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ ।
टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले सो टोलीको घोषणा गरेको हो । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि साउन २९ गतेदेखि बन्द प्रशिक्षणमा आएका १९ खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको छनोट गरिएको कप्तान खड्काले जानकारी दिनुभयो ।
टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहनुभएको छ ।
वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएइ, हङकङ, सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, युएइसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिंगापुरसँग भदैं १७ र हङकङसँग भदौ १९ गते खेल्ने कप्तान खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् भने उक्त प्रतियोगिता जित्ने टोलीले युएइमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
छनोटको विजेता टोलीले भदौ २८ गतेदेखि असोज १२ गतेसम्म यूएइमा हुने एसियाकपमा सहभागिता जनाउनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता