बैतडी, २७ साउन – प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् ।
सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका पदाधिकारी र सर्वसाधारणले प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न उपयुक्त हुने सुझाव दिए ।
प्रतिष्ठानको २४औँ वार्षिक साधारणसभाले प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट राख्न प्रदेशका सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।
सहिद दशरथचन्दको सपना लोकतान्त्रिक गणतन्त्र भएकाले सम्मानका लागि पनि प्रदेशको नाम दशरथचन्द प्रदेश राख्नुपर्ने उहाँले बताउनुभयो ।
सहिद दशरथचन्द देशकै सहिद भएकाले उहाँको नामबाट प्रदेशको नामाकरण गर्नु जायज हुने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो ।
प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि गठन भएको संसदीय समितिले अहिले सुझाव सङ्कलनको काम गरिरहेको छ । साउन २१ गतेभित्र नाम र स्थायी राजधानीको लागि सुझाव दिन समितिले म्याद दिएको भए पनि सुझाव सङ्कलन कार्य जारी रहेकाले समितिको म्याद एक हप्ता थपिएको छ ।
प्रतिष्ठानले बैतडीमा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल गर्ने, सहिद दशरथचन्दको जीवनीमा आधारित वृत्तचित्र निर्माण गर्ने, सहिद दशरथचन्दको इतिहास समेटिएको ग्रन्थ प्रकाशन गर्ने निर्णय गरेको छ । यसका लागि दशरथचन्द नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते