काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ संस्था युवा र विद्यार्थी संगठनको एकतामा अन्तिम चरणमा पुगेको छ । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग नेपालको एकतापछिको नाम र नेतृत्वबाहेक सबै कुरा मिलिसकेको एकता कार्यदलका सदस्य तथा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।
‘‘कार्यदलमा नाम र नेतृत्वका बारेमा सहमति गर्नका लागि हामी प्रयासरत रहेका छौं’’, उनले भने, ‘‘यदि कार्यदलमा सहमति हुन नसके हामी पार्टी नेतृत्वबाट नै सहमति गर्नेछौँ ।’’ दुवै संगठनले नेतृत्वका लागि दावी गरिरहेका छन् ।
उनले आगामी भदौ ५ गते एकता गर्ने गरी कार्यदलको प्रतिवेदन शुक्रबार पार्टी महासचिवलाई बुझाइने बताए । उनका अनुसार संगठनको नाम युवा कम्युनिष्ट लिग नेपाल वा समाजवादी कम्युनिष्ट युवा नेपाल वा नेपाली युवा फेडेरेशन वा नेपाल समाजवादी युवा संघ प्रस्ताव गरिएको छ ।
यसैगरी नयाँ बन्ने केन्द्रीय कार्यसमिति १९९ सदस्यीय रहने गरी विधान टुङ्ग्याइएको उनले जानकारी दिए । कार्यसमितिमा संयोजक, सहसंयोजक, नौ सदस्यीय स्थायी कमिटी र केन्द्रीय कमिटीको एक तिहाइ सचिवालय रहनेछन् ।
यसैगरी अर्को भ्रातृ सङ्गठन विद्यार्थीको पनि एकता अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले विधान मस्यौदा, संगठन समायोजन र राजनीतिक शैक्षिक कार्यदिशा उपसमितिले एकताका लागि प्रतिवेदनलाई अन्तिम रुप दिन थालेका छन् ।
अनेरास्ववियू र क्रान्तिकारीले पनि अन्य विषयमा सहमति गरे पनि नेतृत्व र नामका विषयमा अझै टुङ्ग्याएका छैनन् । नेतृत्व र नाम दुवै पक्षले आआफ्नो नाम राख्ने अडानमा रहेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार केन्द्रीय कमिटी १९९ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।
दुवै संगठन समायोजन हुँदा भने ४९९ जनाको केन्द्रीय कमिटीको नाम प्रस्ताव गरिएको छ । उहाँले भदौ २५ गतेसम्म सबै काम टुङ्ग्याएर पार्टीलाई प्रतिवेदन बुझाइने जानकारी दिए ।
गत जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र )बीच पार्टी एकता भएको थियो । सबभन्दा पहिले दुवै पार्टीका इञ्जिनीयरहरुको सङ्गठनको पहिलो पटक एकता भएको हो ।
पार्टीले भदौ १५ भित्र सबै भ्रातृ सङ्गठनको एकता सक्ने गरी सबै कार्यदललाई निर्देशन दिइसकेको छ । कार्यदलमा दुवै पार्टीका भ्रातृ संगठनका इञ्जार्च र अध्यक्ष रहेका छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा