काठमाडौँ-प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग राखेपछि सरकार र डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमति सदनमा टेबुल गरिएको छ । बैठकको शुरुमै कांग्रेसका सांसदहरुले आसनबाट उभिएर उक्त सहमतिका बारेमा स्पष्ट पार्न सरकारसँग माग गरेका थिए ।
त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेसका सांसद डा मीनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । सांसद डा रिजालले सरकार र डा केसीबीच वार्तामार्फत सहमतिमा अनशन टुङ्गिनु सकारात्मक भए पनि डा केसीले लामो समय अनशन बस्नुपरेको र संसद् पनि नियमित चल्न नसक्नु दुःखद भएको बताए ।
सरकारले जबरर्जस्ती यथास्थितिमा विधेयक अघि बढाउन नसक्ने भन्दै उनले डा केसीको माग सम्बोधन गर्न भएको सहमतिले सार्वभौम जनताको जीत भएको उल्लेख गरे ।
त्यसपछि सरकारका तर्फबाट शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा केसीको अनशनका क्रममा वार्ता तथा माग सम्बोधन गर्ने क्रममा भएका घटनाका बारेमा सदनलाई जानकारी गराएका थिए । सरकार डा केसीबीच बिहीबार नौ बुँदे सहमति भएपछि डा केसीको स्वास्थ्यलाई ध्यानमा राखी सघन उपचार कक्षमा उपचार भइरहेको उनले बताए । सहमति भएका विषयलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाउने पनि मन्त्री पोखरेलले बताए ।
कांग्रेसका गगन थापा, देवेन्द्रराज कँडेल, डा डीला संग्रौला, लक्ष्मी परियार, उमा रेग्मी, रामबहादुर विष्ट, प्रकाश रसाइली र नेपाल मजुदर किसान पार्टीका सांसद प्रेम सुवालले वार्ताका माध्यमबाट भएको सहमति सकारात्मक रहेको भन्दै बंगलादेशमा अध्ययन गरेर फर्केका र अध्ययनरत् छात्राका बारेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिएका अभिव्यक्ति आपत्तिजनक भएकाले कानूनी कारबाहीको माग गरे ।
उनीहरूले डा केसीको मागका विषयमा भएका सहमतिका बारेमा स्पष्ट पार्नुपर्ने बताउँदै सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान कार्यान्वयन नभएको बारेमा सरकारको ध्यानाकर्षण गराए । प्रतिपक्षी दलका सांसदले सरकारसँग पुनः स्पष्ट पार्न थप प्रश्न गरेपछि मन्त्री पोखरेलले सरकार र डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमति सदनमा टेबल गर्दै थप जानकारी गराएका थिए ।
मन्त्री पोखरेलले जुम्लामा घटेको घटना, बंगलादेशमा अध्ययनरत् छात्राका बारेमा सार्वजनिक अभिव्यक्तिका सम्बन्धमा सरकारले मन्त्रिपरिषद्मा छलफल गरेपछि सदनलाई जानकारी गराउने बताए । त्यसपछि पनि कांग्रेसका सांसदहरुले सहमतिको पत्रका बारेमा संसद्ले जानकारी पाउनुपर्ने अडान राखेपछि सभामुख महराले संसद् बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।
मन्त्री पोखरेलको जवाफपछि कांग्रेसका सांसद बालकृष्ण खाँडले डा केसीसँग भएको सहमतिका बारेमा स्पष्ट पार्नुपर्ने उल्लेख गर्दै सहमतिको मन्त्रिपरिषद्ले स्वामित्व लिनुपर्ने माग गरे । संसद्को अर्को बैठक साउन १३ गते बिहान ११ बजे बस्नेछ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा