काठमाडौँ-प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग राखेपछि सरकार र डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमति सदनमा टेबुल गरिएको छ । बैठकको शुरुमै कांग्रेसका सांसदहरुले आसनबाट उभिएर उक्त सहमतिका बारेमा स्पष्ट पार्न सरकारसँग माग गरेका थिए ।
त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेसका सांसद डा मीनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । सांसद डा रिजालले सरकार र डा केसीबीच वार्तामार्फत सहमतिमा अनशन टुङ्गिनु सकारात्मक भए पनि डा केसीले लामो समय अनशन बस्नुपरेको र संसद् पनि नियमित चल्न नसक्नु दुःखद भएको बताए ।
सरकारले जबरर्जस्ती यथास्थितिमा विधेयक अघि बढाउन नसक्ने भन्दै उनले डा केसीको माग सम्बोधन गर्न भएको सहमतिले सार्वभौम जनताको जीत भएको उल्लेख गरे ।
त्यसपछि सरकारका तर्फबाट शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा केसीको अनशनका क्रममा वार्ता तथा माग सम्बोधन गर्ने क्रममा भएका घटनाका बारेमा सदनलाई जानकारी गराएका थिए । सरकार डा केसीबीच बिहीबार नौ बुँदे सहमति भएपछि डा केसीको स्वास्थ्यलाई ध्यानमा राखी सघन उपचार कक्षमा उपचार भइरहेको उनले बताए । सहमति भएका विषयलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाउने पनि मन्त्री पोखरेलले बताए ।
कांग्रेसका गगन थापा, देवेन्द्रराज कँडेल, डा डीला संग्रौला, लक्ष्मी परियार, उमा रेग्मी, रामबहादुर विष्ट, प्रकाश रसाइली र नेपाल मजुदर किसान पार्टीका सांसद प्रेम सुवालले वार्ताका माध्यमबाट भएको सहमति सकारात्मक रहेको भन्दै बंगलादेशमा अध्ययन गरेर फर्केका र अध्ययनरत् छात्राका बारेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिएका अभिव्यक्ति आपत्तिजनक भएकाले कानूनी कारबाहीको माग गरे ।
उनीहरूले डा केसीको मागका विषयमा भएका सहमतिका बारेमा स्पष्ट पार्नुपर्ने बताउँदै सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान कार्यान्वयन नभएको बारेमा सरकारको ध्यानाकर्षण गराए । प्रतिपक्षी दलका सांसदले सरकारसँग पुनः स्पष्ट पार्न थप प्रश्न गरेपछि मन्त्री पोखरेलले सरकार र डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमति सदनमा टेबल गर्दै थप जानकारी गराएका थिए ।
मन्त्री पोखरेलले जुम्लामा घटेको घटना, बंगलादेशमा अध्ययनरत् छात्राका बारेमा सार्वजनिक अभिव्यक्तिका सम्बन्धमा सरकारले मन्त्रिपरिषद्मा छलफल गरेपछि सदनलाई जानकारी गराउने बताए । त्यसपछि पनि कांग्रेसका सांसदहरुले सहमतिको पत्रका बारेमा संसद्ले जानकारी पाउनुपर्ने अडान राखेपछि सभामुख महराले संसद् बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।
मन्त्री पोखरेलको जवाफपछि कांग्रेसका सांसद बालकृष्ण खाँडले डा केसीसँग भएको सहमतिका बारेमा स्पष्ट पार्नुपर्ने उल्लेख गर्दै सहमतिको मन्त्रिपरिषद्ले स्वामित्व लिनुपर्ने माग गरे । संसद्को अर्को बैठक साउन १३ गते बिहान ११ बजे बस्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते