लन्डन । यूके र युरोपमा छायांकन गरि नेपालमा ५१ औं दिन मनाउन सफल चलचित्र ‘लिलीबिली’ बेलायतमा प्रदर्शन गरिने भएको छ । सपन इन्टरटेन्मेन्ट लिमिटेडले आगामी २२ जुलाई आइतबार सांझ ६ बजे एम्पायर हल अल्डरसटमा उक्त फिल्मको रेड कार्पेट शो गर्न लागेको हो ।
शोमा बेलायतमै बस्ने ‘लिलीबिली’ की मुख्य नायिका जसिता गुरुङको विशेष उपस्थिति हुने जनाइएको छ ।
मिलन चाम्सले निर्देशन गरेको उक्त फिल्ममा प्रदीप खड्का, जसिता, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स् लगायतका कलाकारको अभिनय छ । यूकेको स्कटल्याण्डसहित अन्य शहरमा करिब ९० प्रतिशत छायांकन गरिएको उक्त फिल्ममा टर्कीका दृश्य समेत छ । लिलीबिलीको स्कटल्याण्डमा खिचिएको ‘घुम्न जाउं है इन्जिन गाडीमा…’ बोलको गीत र भिडियो खुबै चर्चित छ । (लिंक तल छ)
जसिता गुरुङ ‘यूके डान्स अफ २०१७’ की विजेता हुन् जुन प्रतियोगिता सपन इन्टरटेन्मेन्ट लिमिटेडले गर्दै आएको छ । जसिता आफ्नो ‘प्रोडक्ट’ भएर पनि सपन राईले उक्त फिल्म यहां प्रदर्शन गर्न लागेका हुन् । ‘नेपाली चलचित्रको बजार प्रवर्धन तथा विकास गर्ने उद्देश्य पनि हो’- फिल्म प्रदर्शनबारे सपनले भने, ‘अढाइ दशकदेखि मैले बेलायतमा विभिन्न कलाकार झिकाएर सांस्कृतिक कार्यक्रम देखि फिल्म शो निरन्तर गर्दै आएको छु । उत्कृष्ट चलचित्र बेलायतका नेपाली दर्शकले पनि समयमै हेर्न पाउन् भन्ने मेरो इच्छा छ ।’
सपनले कृ, ड्रिम्स लगायत कयौं हिट फिल्म बेलायतमा देखाइसकेका छन् । ‘लिलीबिली’ प्रदर्शनपछि सपन ‘यूके डान्स अफ-२०१८’ र तीज विशेष कार्यक्रम गर्ने योजनामा छन् ।
‘लिलीबिली’ का निर्देशक बेलायतवासी मिलन चाम्स पछिल्लो पटक व्यस्त निर्देशकका रुपमा चिनिएका छन् । उनको यसअघिको चलचित्र ‘हयाप्पी डेज’ शतप्रतिशत बेलायतमै छायांकन भएको थियो । मिलनका ब्लाइण्ड रक्स, बोबी, वीर विक्रम लगायत फिल्मले पनि सफलता चुमेका छन् ।
चाम्सले अहिलेका नम्बर वान नायक अनमोल केसीलाई मुख्य भूमिका दिएर ‘ब्याचलर बन्टी’ बनाउने घोषणा गरिसकेका छन् ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार