काठमाडौं-विश्वकप फुटबलमा इंग्ल्याण्ड स्वीडेनमाथि २–० को जित निकाल्दै २८ वर्षपछि सेमिफाइनलमा पुगेको छ । शनिबार भएको क्वाटरफाइनलको तेस्रो खेलमा स्वीडेनलाई पाखा लगाउँदै इंग्ल्याण्डले अन्तिम चारको यात्रा तय गरेको हो ।
यसअघि इंग्ल्याण्ड सन् १९९० मा सेमिफाइनलमा पुगेको थियो । त्यतिबेला इंग्ल्याण्ड पश्चिम जर्मनीसँग पराजित भएको हो ।
सन् १९६६ को विश्वविजेता इंग्ल्याण्डलाई २८ वर्षपछि सेमिफाइनलको यात्रा गराउने क्रममा खेलको ३० औं मिनेटमा ह्यारी मग्वायरले गोल गरेका थिए । उनले कर्नरमा हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।
खेलमा लगभग पूरै समय स्वीडेनमाथि हाबी भएको इंग्ल्याण्डले दोस्रो हाफको ५९ औं मिनेटमा डेल अलीको गोलमा अग्रता दोब्बर पारयो । जेसी लिंगार्डले हेडमार्फत गरेको प्रहार स्वीडेनका गोल किपरले असफल बनाउने चान्स नै प्राप्त गर्न सकेनन् ।
केही राम्रो अवसरहरु सिर्जना गरेपनि स्वीडेनले गोलमा भने परिणत गर्न सकेन ।
सेमिफाइनलमा अब इंग्ल्याण्डले शनिबार राति हुने रसिया र क्रोसियाबीचको खेलको विजेताको सामना गर्नुपर्नेछ ।
यसअघि बेल्जियम र फ्रान्सले अन्तिम चारको यात्रा तय गरिसकेका छन् । सेमिफाइनलमा फाइनल प्रवेशका लागि बेल्जियमले फ्रान्सको सामना गर्नेछ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम