काठमाडौँ-महानगरीय प्रहरी परिसर काठमाडौँले हाल भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीनजनालाई पक्राउ गरेको छ ।
परिसरको टोलीले कामनपा–१५ बज्र होटल नजिक बसेर सट्टेबाजी खेलाउँदै गरेका काठमाडौँ म्हैपीका २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र चागल बस्ने २५ वर्षीय सुजेन शाहीलाई रु छ लाख ९९ हजार नगदसहित सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता मोहनकुमार थापाले उनीहरुले विश्वकप फुटबलमा रकम बाजी राख्न लगाई खेल खेलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरीले उनीहरुसँग रु छ लाख ९९ हजार नगद र चार थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका तीनैजनासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ