काठमाडौँ-चीनको केरुङ नाका हुँदै एकखेप सुन काठमाडौँ ल्याएको भरियाले रु ५० हजार लिने गरेको खुलासा भएका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाले आइतबार राती केरुङ नाका हुँदै नेपाल ल्याएको ६ किलोग्राम सुनमा पक्राउ परेका सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङले एकखेपको रु ५० हजार लिने सर्तमा सुन ल्याएको प्रहरी सामु खुलाएका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख केशवराज भट्ट नेतृत्वको टोलीले आइतबार बा ९५ प ८१६४ नम्बरको कालो पल्सर मोटरसाइकलमा कम्मरमा खैरो कालो छिर्के मिर्के रंगको लेडिज सलभित्र ६ किलोग्राम सुनसहित तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
सो अवसरमा परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन पठाउने चीनियाँ व्यापारी भएको र चीनबाट काठमाडौँ ल्याएवापत एकपटकमा रु ५० हजार दिने सर्तमा तामाङले सुन काठमाडौँ ल्याएको अनुसन्धानबाट खुलेको बताए ।
“सुन स्वयम्भुसम्म पुरयाउने र स्वयम्भुमा पुगेपछि अर्को मान्छेले फोन गरेर सुन लिन आउँछ भनेर चिनीया व्यापारीले सुन पठाएको समेत अनुसन्धानबाट खुलेको छ,”–उनले भने ।
प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले पछिल्लो समय केरुङ नाका हुँदै धेरै सुन काठमाडौँलगायत देशका विभिन्न भागमा भित्रिने गरेको भन्दै प्रहरीले विशेष निगरानी राखेको बताए । उनले शनिबार भारत लैजाँदै गर्दा नागढुंगाबाट समातेको सुन र हिजो चीनबाट ल्याएको सुनमा कुनै सम्बन्ध नभएको पनि जानकारी दिए ।
परिसरले शनिबार नागढुंगाबाट तीन किलोग्राम सुनसहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ । पक्राउ परेको सुनलाई आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको परिसरले जनाएको छ ।
भन्सार ऐन २०६४ को दफा ५७ (१) (ङ) बमोजिम अवैध रुपमा सुन ओसारपसार गर्नेलाई विगो र एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा