खारतुम, १४ असार – दक्षिण सुडान र यहाँका विद्रोहीबीच भएको शान्ति सहमतिको सुडानमा रहेका राजनीतिक दल, अधिकारवादीहरु, छिमेकी अफ्रिकी देश तथा विश्व समुदायले स्वागत गरेका छन् ।
दक्षिण सुडानी राष्ट्रपति साल्भा किर र यहाँ हिंसात्मक विद्रोह गरिरहेको संस्थाका नेता रिक माचारले बुधबारमात्र यहाँको सशस्त्र विद्रोहको स्थायी युद्धबिराम गर्ने सहमति गरेका हुन् ।
सुरुमा युद्धविराम र त्यसपछिको शान्ति वार्ताको सहमतिलाई एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । बुधबार भएको भनिएको स्थायी युद्धबिराम सम्झौता ७२ घण्टापछि कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् ।
दक्षिण सुडानमा लामो समयदेखि हिंसा जारी छ । सुडानबाट छुट्टिएर बनेको उक्त देशमा स्वतन्त्र भएसँगै हिंसात्मक विद्रोह सुरु भएको थियो । यस हिंसालाई बुधबारको शान्ति सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ ।
उक्त स्थायी युद्धबिराम सम्झौतामा दक्षिण सुडानका सबै राजनीतिक दलहरुले पनि हस्ताक्षर गरेका छन् । सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले दक्षिण सुडानको इतिहासमा यस सम्झौताले महत्वपूर्ण परिवर्तनमा सहयोग पुरयाउने अपेक्षा गरिएको बताउनुभयो ।
दक्षिण सुडानको हिंसा अन्त्यका लागि यसअघि पनि अरु कैयौँ पटकसम्म युद्धबिराम सम्झौता भएको थियो । तर, तिनीहरूको सही मात्रामा कार्यान्वयन भने हुन सकेन ।
यस युद्धविराम सम्झौताको विश्वका नेताहरुले स्वागत गरेका छन् । यस सम्झौतापछि शान्ति वार्ताको पहल हुने अपेक्षा इथियोपियाका प्रधानमन्त्री अविय अहमदले गर्नुभएको छ । उहाँसहित अफ्रिकी देशहरुले उक्त सम्झौताको स्वागत गरेका छन् । उनीहरुले शान्ति वार्ता गरी यस देशमा शान्ति स्थापना गर्न दक्षिण सुडान र यहाँको नेतृत्व तथा विद्रोहीसँग आग्रह गरिरहेका छन् ।
दक्षिण सुडानको यस हिंसाका कारण दशौँ हजार मारिएका छन् । यहाँको हिंसा सहन नसकेर लाखौँ मानिस आन्तरिक तथा वाह्य रुपमा विस्थापित पनि भएका छन् ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?