काठमाडौँ, साउन २१ गते । यन्त्रले पढ्ने राहदानी (एमआरपी) लिन राहदानी विभागमा दैनिक भीडभाड बढिरहेका बेला विभागलाई अहिले अर्कै चटारो थपिएको छ । दस्तुरसहित सबै प्रक्रिया पुर्याएर आवेदन गरेका झन्डै तीन हजार सेवाग्राहीले पाँच वर्षदेखि एमआरपी नलिँदा विभागलाई त्यसको सुरक्षित व्यवस्थापनमा समस्या परेको हो ।
विसं २०६७ पुस १७ गतेदेखि एमआरपी जारी गर्न सुरु भएदेखि नै बनेका राहदानी केही सेवाग्राहीले आजसम्म नलिँदा तिनको संरक्षणमा समस्या परेको विभागका महानिर्देशक रमेशप्रसाद खनालले बताए ।
सेवाग्राहीलाई बनिसकेका राहदानी तत्काल लैजान आग्रह गर्दै यही साउन ३१ गते शनिबार बिहान ८ बजेदेखि १ बजेसम्ममा नारायणहिटीस्थित विभाग खुला राखिएको जानकारी उनले दिए ।
“सेवाग्राहीमा द्रूत सेवाअन्तर्गत आवेदन गरिएका राहदानी बनिहाल्छन् जहिले लिए पनि हुन्छ भन्ने मानसिकताका कारण उनीहरू लिन नआएका हुनसक्छ”, महानिर्देशक खनालले भने, ‘‘सात कार्य दिनमा एमआरपी प्राप्त गर्न आवेदन दिने अनि वर्षौंसम्म लिन नआउनु जानकारीको अभाव पनि हुनसक्छ ।’’
दशहजार रुपैयाँ दस्तुर बुझाएर द्रूत सेवा उपयोग गरेका सेवाग्राही एमआरपी लिन नआएपछि विभागले ‘पेन्डिङ’ राहदानी प्रत्येक सोमबार र बिहीबार अपराह्न २ देखि ४ बजेसम्म वितरण गर्ने व्यवस्था मिलाएकामा अझै तीन हजार एमआरपी बाँकी रहेकाले अभियानकै रुपमा बिदाको दिन पनि ती राहदानी सम्बन्धित सेवाग्राहीलाई वितरण गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।
सबै राहदानी आवेदकलाई तत्काल आफ्ना एमआरपी लैजान अपिल गर्दै आवेदन दर्ता गर्दा विभागले प्रदान गरेको भौचर, नागरिकता प्रमाणपत्रको सक्कल प्रति र पुरानो राहदानी भए त्यो पनि सक्कल नै लिएर आवेदक स्वयम्लाई उपस्थित हुन आग्रह गरे ।
लामो समयदेखि त्यति धेरै राहदानी एकै ठाउँमा भण्डारण गर्दा तीनमा ढुसी पर्ने, लेखिएका विवरण मेटिने, नासिने भएकाले तत्काल विभागले उपलब्ध गराएको सुविधाको उपभोग गर्न महानिर्देशक खनालले अनुरोध गरे ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य