काठमाडौँ, २ असार – प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा नेपाल–चीनबीच पारवहन तथा यातायातसम्बन्धी सन्धिमा हस्ताक्षर हुनसक्ने प्रवल सम्भावना रहेको परराष्ट्र मामिलाका जानकारहरुले संकेत गरेका छन् ।
आज यहाँ आयोजित साक्षात्कारमा नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले आगामी मंगलबारबाट हुने प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा पारवहन र यातायात क्षेत्रमा सहयोग आदानप्रदान सन्धिमा हस्ताक्षर हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाललाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सन्दर्भमा प्रधानमन्त्रीको आगामी चीन भ्रमण ऐतिहासिक कोशेढुङ्गाको रुपमा सावित हुनेछ, पारवहन तथा यातायात क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा काजगपत्रको आदानप्रदान भइरहेको छ ।”
नेपालमा राजनीतिक स्थिरता कायम भई अत्याधिक जनाधारसहितको सरकार गठन भएको हुँदा विकास र समृद्धिका लागि चीनको सडक, रेल, ऊर्जा, सिँचाइ, पर्यटनगायत पूर्वाधार क्षेत्रमा लगानी र सहयोग हुनेसक्ने बताउँदै नेता डा भट्टराईले समुद्रको तटसम्मको पहुँच नेपालको अधिकार मात्र नभई प्राथमिकताको विषय हो भन्ने पक्षलाई छिमेकी चीनले बुझेको छ भन्नुभयो ।
पूर्वराजदूत डा सुरेश चालिसेले राजनीतिक स्थायित्वपछि गठन भएको वर्तमान सरकारको विकास र समृद्धिको नारालाई सार्थकता प्रदान गर्न राम्रो कुटनीति प्रयोग भएमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमण निकै उपलब्धिमूलक हुनसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको पर्यटन, ऊर्जा, कृषि, जलस्रोत र पूर्वाधार विकासमा चीनलाई विकासको साझेदार बनाउनुपर्छ, समृद्धि र विकासमा एकढिक्का भएर अघि बढ्नुपर्ने बेलामा राजनीतिक प्रणाली र सिद्धान्त फेरबदलको कुरा उठाउँदा लगानी र सहयोगको उत्साहमा कमी आउने सक्ने पक्षलाई हेक्का गर्न आवश्यक छ ।”
अर्का पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेपालको समृद्धिका लागि चीनलाई विकासको साझेदार बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा पारवहन र यातायातका विषयमा सन्धिमा हस्ताक्षर हुनुपर्दछ भन्दै उहाँले भन्नुभयो, “नेपालको व्यापार घाटालाई सन्तुलन ल्याउन तथा निर्यात बढाउन कृषि, उद्योग र उत्पादनका क्षेत्रमा संयुक्त लगानी प्रवर्धन गर्नुपर्छ । प्रधानमन्त्रीको आगामी भ्रमणबाट जलस्रोत र ऊर्जा क्षेत्रमा नयाँ अध्याय शुरु हुनेछ ।”

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ