काठमाडौं, २९ जेठ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैलजा आचार्यले गर्नुभएको निष्ठाको राजनीति सबैका लागि अनुकरणीय भएको बताउनुभएको छ ।
शैलजा आचार्य आदर्श समाजले शैलजा आचार्यको नवौं स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “आचार्य विद्रोही स्वभावको हुनुहुन्थ्यो, विद्रोही स्वभावका कारण विसं २०१७ मा राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा जेल बस्नुभयो, उहाँको विद्रोही स्वभाव अन्तिम कालखण्डसम्म कायम रह्रयो ।”
अर्को प्रसङ्गमा उहाँले सिद्धान्त र संगठन भएको काँग्रेस सिद्धान्तले जिते पनि संगठनले हार्दा यो अवस्थामा आएको बताउँदै पार्टी सभापतिलाई गुटको नेताभन्दा सिंगो पार्टीको नेता हुन सुझाव दिनुभयो ।
वरिष्ठ नेता पौडेलले सरकारले दुई तिहाइको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको पनि बताउनुभयो ।
काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार अधिनायकवादतर्फ अगाडि बढेको भन्दै उक्त कुरा रोक्न काँग्रेस दह्रो रुपमा उभिनुपर्ने बताउनुभयो । “बालकृष्ण ढुंगेललाई आम माफी दिनुले न्यायपालिका र कार्यपालिकाबीचको गठजोड त छैन भन्ने आशंका पैदा भएको छ”- उहाँले भन्नुभयो ।
समाजका अध्यक्ष दुर्गा घिमिरे, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, पत्रकार पुरुषोत्तम दाहाललगायतले नेपालमा महिला अधिकार स्थापनाका लागि आचार्यले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
विसं २००१ मा मोरङमा जन्मनुभएकी आचार्य २०४८-२०५१ सालमा मोरङबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । विस २०५३ मा उपप्रधानमन्त्रीसमेत बन्नुभएकी उहाँको विसं २०६७ मा काठमाडौँमा निधन भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते