काठमाडौ। एमाओवादी नेतृत्वमा रहेको मोर्चाले आम हड्तालसहित आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। सिंहदरबारमा सोमबार बसेको संविधानसभा भित्रका १९ र बाहिरका ११ दलको बैठकले आन्दोलन घोषणा गरेको एकीकृत नेकपा माओवादीले जनाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मोर्चाले पुस १९ गते सबै जिल्लामा विरोध प्रदर्शन र सभा, २५ देखि २९ गतेसम्म प्रादेसिक तहमा फरक फरक मितिमा आमहड्ताल र माघ ५ गते देशब्यापी आमहड्ताल गर्ने निर्णय गरेको हो।
कांग्रेस, एमालेले सहमति नचाहेको हुनाले आमहड्ताल गर्नुपरेको माओवादीको दावी छ। सहमति भए आन्दोलन स्थगित हुने जनाएको छ । मोर्चाले मधेसी, जनजातिलगायतका दलले पहिचानसहितको संघीयताका लागि दबाव दिन बन्द, हड्तालमा उत्रनु परेको जनाएको छ। हामहडताल भए पनि यो शान्तिपूर्ण हुने र यसको उद्देश्य पहिचानसहितको संघीयता हुनुपर्छ भन्ने रहेको एमाओवादीको भनाइ छ ।
‘यसबीचमा सरकारसँग वार्ता जारी रहने’ एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले फेसबुकमार्फत् बताएका छन् । यसैबीच एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जे भएको छ राम्रो नभएको भन्दै कुन दिशामा देशलाई लैजाने हो भनेर चिन्ता व्यक्त गरेका छन्।
संविधानसभाको अन्तरबस्तुमा सहमति जुटाउन नसकेका दलहरुबीच पछिल्लो समयमा दूरी पनि बढेको छ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह