धनगढी-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहनामा नेपालको लोकतन्त्र र गणतन्त्रलाई एक दलीय अधिनायकवादतर्फ लैजान नदिने बताएका छन् ।
धनगढी विमानस्थलमा सोमबार नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले भने, “लोकतान्त्रिक मान्यता र पद्धति विपरीत हिंडेर अधिनायकवाद लाद्न खोजिए कांग्रेस सडकमा ओर्लन बाध्य हुनेछ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापले उनको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको सबैले देखिसकेको आरोप लगाए ।
उनले भने, “विगतमा आफ्नो भ्रमणका क्रममा धनगढीको गौरीफण्टा नाका खोल्न, डडेलधुराको परशुराममा पुल निर्माण गर्ने, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण हुने जस्ता राष्ट्रहितमा कुरा भए पनि अहिले ती सबै विषय ओझेलमा पार्ने गरी काम भएको छ ।”
चुनावमा पार्टी पराजयका बारेमा सोधिएको एक प्रश्नको जवाफमा सभापति देउवाले पराजयपछि कार्यकर्ताको मनोबल नखस्किएको दाबी गर्दै दुई पार्टी एक भएर चुनाव लडेको र पार्टीभित्रै अन्तरघात भएकाले चुनावी नतिजा सोचेअनुसार आउन नसकेको स्पष्ट पारे ।
पदाधिकारी मनोनयनबारे सोधिएको प्रश्नको जवाफमा उनले यही वैशाख २१ गते बस्ने बैठकपछि पदाधिकारी नियुक्त गरिने संकेत गरे ।
कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गर्न देउवा सोमबार धनगढी पुगेका हुन् ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]