बेल्जियम । बेल्जियमको ठूलो राजनीतिक पार्टी एनभीआ सम्वद्ध नेताहरुले बेल्जियमवासी नेपालीहरु मिहेनती, इमान्दार र मिलनसार भन्दै प्रशंसा गरेका छन् ।
गैर आवासीय नेपाली संघ युरोप अध्यक्ष अर्जुन श्रेष्ठ र रमेश कंडेलको संयोजकत्वमा ब्रुजको कानिकास्थित सुसी रेष्टुरेन्टमा २८ जुलाइमा आयोजित एनभीआ ब्रुज र ब्रुजका नेपाली समुदायबीचको भेटघाटमा नेपालीको प्रशंसा भएको हो । एनभीआ ब्रुजकी उपाध्यक्ष इंग फान हुल्लकै सल्लाहमा कार्यक्रम तय भएको थियो ।
कार्यक्रममा एनभीआ बोर्ड सदस्य र प्रतिनिधिहरु गरि करिब २० जना अतिथी र त्यतिकै संख्यामा नेपाली सहभागी थिए । उक्त अन्तरक्रियामा एनभीआ बेल्जियमका सिनेटर पोल फान देन द्रिस्सले कार्यक्रममा बोलाएकामा एनभीआको तर्फबाट नेपाली समुदायलाई धन्यवाद दिंदै बेल्जियमको सम्वृद्धि र उन्नतिका लागि नेपालीहरुको आवश्यकता रहेको बताए । स्मरणरहोस्, बु्रजका नेपाली विशेषगरि होटल व्यवसाय र पर्यटन उद्योगमा संलग्न छन् ।
संक्षिप्त मन्तव्यका क्रममा एनभिआ अध्यक्ष प्रिम एर्वीनले यसअघि नेपालीहरु मिहेनती र इमान्दार हुन्छन् भन्ने सुनेको मात्र उल्लेख गर्दै आज प्रत्यक्ष भेटेर कुराकानी र परिचय गर्न पाउंदा खुशी लागेको जनाए । एर्वीनलाई नेपाली समुदायको तर्फबाट अर्जुन श्रेष्ठले शान्तिको प्रतिक बुद्धको मुर्तिसहित सम्मान गरे ।
एभरेष्ट नेपाली समाजका अध्यक्ष दुर्गा सुवेदी, निवर्तमान अध्यक्ष कमल पन्थीले नेपालीहरु इमान्दार, मिहेनती र समाजमा घुलमिल हुन सक्ने भन्दै बेल्जियमस्थित राजनीतिक पार्टीले प्रशंसा गर्नु सकारात्मक भएको उल्लेख गरे । अन्य सहभागीले यस्ता कार्यक्रमले स्थानीय समुदायमा नेपालीलाई समायोजन गर्न सघाउने बताएका थिए ।
कार्यक्रमको अन्त्यमा नेपालबाट आएका कलाकारहरु सत्यराज र स्वरुपराज आचार्यको गायनमा सहभागी रमाए । उक्त कार्यक्रममा स्वागत मन्तव्य र सञ्चालन रमेश कंडेलले गरेका थिए ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा