
पोखराको फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा डुङ्गाबाट जाँदै पर्यटक । तस्बिर – वासुदेव पौडेल, पोखरा, रासस
काठमाडौँ, १६ वैशाख – सर्वोच्च अदालतले पोखराको फेवातालमा अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले आज फेवातालमा अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न सरकारका नाममा आदेश दिएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आदेशमा पार्क भिलेज होटेलले फेवाताल अतिक्रमण गरेको छ कि छैन र होटलबाट निस्किएका फोहरले फेवाताललाई प्रदूषण गरेको छ कि छैन भनेर अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न सरकारलाई भनिएको छ ।
जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय र वन तथा वातावरण मन्त्रालयको समिति गठन गर्न आदेशमा भनिएको छ ।
सोही आदेशमा फेवाताल अतिक्रमण गरिएका संरचनासमेत हटाउन भनिएको छ ।
सहप्रवक्ता कालाखेतीले समितिलाई यथाशीघ्र प्रतिवदेन बुझाउन समेत आग्रह गरिएको बताउनुभयो ।
विसं २०६८ असार २३ गते अधिवक्ता खगेन्द्र सुवेदीले पार्कभिलेज होटेलले फेवाताल अतिक्रमण गरी भवन बनाएको भन्दै उक्त होटेलको दर्ता खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।
यस्तै फेवातालसम्बन्धी भगवती पहारीले दायर गरेको रिटमा न्यायाधीश मिश्र र मल्लको संयुक्त इजलासले आज सुनवाइ गर्दै फेवाताल क्षेत्रनजिक केवुलकार सञ्चालन नगर्न आदेश दिनुभएको छ ।
सर्वोच्चद्वारा खड्कालाई न्याय परिषद्मा काजमा
सर्वोच्च अदालतले काठमाडौँ जिल्ला न्यायाधीश चुरामन खड्कालाई न्याय परिषद्मा काजमा तानेको छ ।
सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपकराज जोशीको गत बिहीबारको एकल निर्णयले जिल्ला न्यायाधीश खड्कालाई परिषद्मा काजमा तानिएको सर्वोच्चका सहप्रवक्ता कालाखेतीले जानकारी गराउनुभयो ।
खड्काले दाङमा तत्कालीन जिल्ला न्यायाधीश हुँदा बागलुङकी नीरमाया पुनको बहुविवाह मुद्दाको फैसला गर्दा न्यायिक विचलन भएको हो कि होइन भन्नका लागि आवश्यक अध्ययनका लागि काठमाडौँ जिल्लाबाट परिषद्मा काजमा तानिएको हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]