काठमाडौँ, ५ वैशाख – ‘ए’ लेभलमा अध्ययनरत १७ वर्षीय बेलायती विद्यार्थी डिमिटी टरटिचिनमीले कान्छा सगरमाथा आरोहीको नयाँ कीर्तिमान राख्न र नेपालका विपन्न विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले बिहीबारदेखि सगरमाथा आरोहण गर्न लागेका छन् ।
युरोपेली मुलुकबाट यति कम उमेरमा सगरमाथा आरोहण गर्नेमध्ये पहिलो हुन लागेका टरटिचिनमीले बिहीबार तिब्बतको ल्हासातर्फबाट सगरमाथा आरोहण थाल्न लागेको आज ग्लोबल एक्सन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनी सँगै अन्य २० युरोपेली आरोहीको टोली सगरमाथा चढ्न लागेको हो । उनका पिता पनि आरोही हुन् ।
बाह्र वर्षको उमेरदेखि आरोहण यात्रा थालेका टरटिचिनमीले बेलायतस्थित आफूले पढ्ने चार्टर विद्यालयका करीब ८०० विद्यार्थीबाट संकलन गर्ने करीब रु १३ लाख र अन्य सहयोगबाट नेपालको शिक्षामा सहयोग गर्नेछन् ।
हालसम्म सातवटा हिमाल आरोहण गरिसकेका उनले यसअघि अफ्रिकाको पाँच हजार ७२० मिटर अग्लो किलिमञ्जारो आरोहण प्रयास गरेका थिए । सन् १९७३ मा नेपालका शम्भु तामाङले १७ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर कम उमेरको कीर्तिमान कायम गरेका थिए भने सन् २०१० मा संयुक्त राज्य अमेरिकाका १३ वर्षीय जोर्डन रोमेरोले सर्वोच्च शिखरमा पाइला टेकेका थिए ।
ग्लोबल एक्सन नेपालका राष्ट्रिय निर्देशक बाबुकाजी श्रेष्ठले विद्यार्थी जीवनमा साहस र पवित्र लक्ष्यका साथ आरोहरणमा लागेका टरटिचिनमीको सहयोगले नेपालको शिक्षामा योगदान दिने बताए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै