काठमाडौं। महाधिवेशन सम्पन्न भएको ५ महिनापछि नेकपा एमालेले १७ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेतासहित १५ पदाधिकारी स्वत स्थायी कमिटीमा सदस्य हुने नेताहरु बाहेक अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेता माधवकुमार नेपाल र मुकुन्द न्यौपानेको नामलाई सर्वसम्मत रुपमा पारित गरेको थियो।
अध्यक्ष ओली र नेता नेपालबीच २१ सदस्यीय स्थायी कमिटी गठन गर्ने सहमति बनेको छ। दुवै नेताबीच सुरेन्द्र पाण्डे, शंकर पोखरेल र छविलाल विश्वकर्मालाई स्थायी कमिटीमा लैजाने सहमति भएको छ।
तर मधेशी मुलका नेताहरुलाई समेत कमिटीमा ल्याउनु पर्ने माग बैठकमा भएपछि बाँकी सदस्य नाम घोषणा अन्तिम समयमा रोकिएको थियो।
महाधिवेशनमा पाण्डे नेपाल प्यालनबाट महासचिव र पोखरेल ओली प्यानलबाट उप महासचिवमा उम्मेदवार बनेर पराजित भएका थिए। ओली र नेपालबीच स्थायी कमिटीको सदस्य कुन मधेशी नेतालाई ल्याउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।
‘ओलीलाई स्थायी कमिटीमा बहुमत दिने सहमति भएको छ तर स्थायी कमिटी डिजर्भ गर्ने नेता ओली तिर नभएको कारण पनि समस्या परेको छ, ‘ एक पदाधिकारीले बताए।
ओली निकट रहेका वरिष्ठ मधेशी नेताहरु रघुवीर महासेठ र धर्मनाथप्रसाद साह केन्द्रीय सदस्यमै पराजित भएका थिए। नेपालले सो स्थानमा लैजान सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको नाम सिफारिस गरेका छन्। पण्डित महाधिवेशनमा नेपाल समूहबाट उपाध्यक्षमा पराजित भएका थिए। पण्डितलाई स्थायी कमिटीमा लगे ओली अल्पमतमा पर्ने छन्। अहिले १७ मा वरिष्ठ नेता झलनाथ खनाललाई तटस्थ मान्ने हो भने १७ मा ओली र नेपालका ८-८ सदस्य छन्।
यसैबीच शनिबार गठनका लागि शुरु गरिएको प्रक्रिया आइतबारसम्मका लागि स्थगित गरिएको छ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक