
कैलालीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत बुधबार भएको विराटनगर किङस र रुपन्देही च्यालेन्जबीचको खेल हेर्दै दर्शक । तस्वीर – रोशन सापकोटा, रासस
धनगढी, २१ चैत – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गोल्डेन्सले सिवाइसी अत्तरियालाई ११ रनले पराजित गरेको छ ।
कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा काठमाडौँ गोल्डेन्सले टस जितेर ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरको खेलमा काठमाडौँले नौ विकेट गुमाउँदै एक सय ३७ रन बनायो । एक सय ३८ रनको विजय लक्ष्य पछ्याउने क्रममा अत्तरियाले आठ विकेट गुमाउँदै मात्र एक सय २६ रन बनायो ।
काठमाडौँ गोल्डेन्सका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाए । उनले ४३ बलमा तीन छक्का र चार चौका प्रहार गरे । नरेश बुढाऐरले १७ बलमा दुई छक्का र दुई चौकासहित २७ रन बनाए । रशिद खानले नौ बलमा १६ रन बनाए ।
बलिङतर्फ सिवाइसी अत्तरियाका शुभांकर उरावले तीन विकेट लिए । कृष्ण कार्की र विपीन चन्द्रले दुई दुई विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । जवाफी ब्याटिङका गर्ने क्रममा अत्तरियाले १२८ रन मात्र बनाउन सक्यो । उन्नाइसौँ ओभरमा जीतका लागि १९ रनको आवश्यकता थियो । उन्नाइसौँ ओभरमा अत्तरियाले कुनै रन जोड्न सकेन । सुबोथ भाटीले मेडन विकेट लिए । अन्तिम ओभरमा अत्तरियाले मात्र ६ रन जोड्न सक्यो । अत्तरियाका लागि गौरव चित्काराले २६ बलमा चार छक्का र एक चौकासहित ३६ रन बनाए । विपीनले अविजित रहँदै २४ बलमा दुई छक्का र एक चौकासहित २६ रनको योगदान दिए । शुभांकरले १२ रन बनाए ।
बलिङतर्फ काठमाडौँ गोल्डेन्सका प्लेयर अफ द म्याच सुबोथले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै एक मेडन राख्दै १० रन खर्चे । सन्नी पटेल र रशिदले दुई दुई विकेट लिए । शाहव आलमले एक विकेट लिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते