काठमाडौँ, १८ चैत – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अजरबैजानको राजधानी बाकुमा यही चैत २२ र २३ गते हुने असंलग्न आन्दोलन (नाम) को मन्त्रिस्तरीय मध्यावधि सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत २१ गते त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
दिगो विकासका लागि अन्तर्राष्ट्रिय शान्ति सुरक्षाको प्रवद्र्धन विषयक उक्त सम्मेलन अगाडि सदस्यमुलुकका वरिष्ठ अधिकारीहरुको बैठक यही चैत २० र २१ गते हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वरिष्ठ अधिकारीहरुको उक्त बैठकले नामको अघिल्लो सम्मेलनको समीक्षा गर्नुका साथै आगामी वर्ष हुने शिखर सम्मेलनको तयारी गर्नेछ ।
मन्त्रिस्तरीय मध्यावधि सम्मेलनमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र ‘काउन्सेलर’ सुरेन्द्र थापाले भाग लिनुहुनेछ ।
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्र हो । उक्त आन्दोलनका सिद्धान्त नेपालको परराष्ट्रनीतिका महत्वपूर्ण तत्व हुन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?