
पोखरा, ६ चैत – युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताउनुभएको छ ।
नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताउनुभयो ।
खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्राप्त गर्न नसक्ने उहाँको भनाइ छ ।
पर्याप्त वातावरण नहुँदा पनि नेपाली क्रिकेट खेलाडीले महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै उहाँले यसको विकासका लागि व्यवस्थित क्रिकेट मैदान बनाइने उल्लेख गर्नुभयो ।
सन् २०१९ मा हुने दक्षिण एशियाली खेलकूद (साग) लाई सम्पन्न गर्ने विषय राज्यको गरिमासँग जोडिएको बताउँदै उहाँले त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणलाई अघि बढाइएको छ भन्नुभयो ।
आगामी बजेटले खेललाई प्राथमिकता दिने बताउँदै मन्त्री विश्वकर्माले युवा सशक्तीकरणका कार्यक्रमलाई पनि अघि बढाउने उल्लेख गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ