
लन्डन । चलचित्र ‘शत्रु गते’ को वहुचर्चित गीत ‘रुपै मोहनी…’ का गायक टंक बुढाथोकीको स्वर एवं संगीत रहेको ‘किन हेरयौ फर्किएर’ बोलको गीतमा पहिलो मिसेस नेपाल यूके २०१७ आस्था जोशीले अभिनय गरेकी छिन् ।
सानै देखि कला क्षेत्रतिर आकर्षित आस्थाको भिडियो खेल्ने सपना बेलायत आएर पुरा भएको छ । बेलायतमा आयोजित विविध कार्यक्रममा आफ्नो प्रस्तुति दिएपनि म्यूजिक भिडियोमा भने पहिलो चोटी अभिनय गरेकी हुन् आस्थाले ।
नृत्यमा पारंगत आस्थालाई यस अघि पनि म्यूजिक भिडियो अफर नआएको थिएन तर, व्यस्तता र राम्रो मेकरको पर्खाइमा बल्ल आफ्नो इच्छा पुरा भएको उनले बताइन् ।
‘बेलायतमा राम्रो मेकरको रुपमा स्थापित कुशल श्रेष्ठले भिडियोका लागि प्रस्ताव राखेपछि उत्साहित हुंदै भिडियो गर्ने निर्णय लिएं’, आस्थाले भनिन्, ‘यो मेरा लागि ठूलो अवसर हो, मौका पाए भविष्यमा पनि नेपाली समुदाय लगायत अन्य समुदायमा काम गर्न उत्साहित छु ।’
अध्यापन पेशाका सर्वेन्द्र अधिकारीले गीत लेखेका हुन् भने भिडियोमा उनी आफैं आस्थासंग अभिनय गर्दैछन् । विगत दश वर्षदेखि स्थायी रुपमा बेलायत बस्दै आएका सर्वेन्द्रको रेकर्डिङ गरिएको यो पहिलो गीत हो ।
निर्देशक कुशल श्रेष्ठकै छायांकन तथा सम्पादन रहेको यो म्यूजिक भिडियोमा सह निर्देशन विष्णु श्रेष्ठ तथा सह छायांकन विकेशराज बस्नेतको छ । भिडियो छिट्टै सार्वजनिक गरिने निर्देशक श्रेष्ठले बताएका छन् ।
लन्डन फेसन हाउसले २०१७ मा पहिलो पटक आयोजना गरेको ‘मिसेस नेपाल यूके’ को टाइटल जितेपछि उनी केही समययता मिडियामा छाएकी छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा