लन्डन । गैरआवासीय नेपाली संघ बेलायतले आफ्नै घर खरिद प्रक्रिया अघि बढाउने भएको छ । अल्पकालिन योजनाको रुपमा आफ्नै कार्यालय स्थापनार्थ घर खरिद प्रक्रिया अघि बढाउन लागेको हो ।
नेपाल हाउस जस्तो ‘मेघा प्रोजेक्ट’ तत्काल पुरा गर्न नसकिने निष्कर्ष निकाल्दै घर खरिद गर्न लागिएको अध्यक्ष योगकुमार फगामीले जानकारी दिए । नेपाल हाउस योजना पुरा गर्न पर्याप्त रकम नभएपछि एनआरएनए यूकेले च्यारिटीबाट संकलित रकम बैंकमा राख्दै आएको छ ।
एनआरएनए यूकेले च्यारिटी गरेर उठाएको ४३ हजार २ सय २३ पाउण्ड खातामा रहेपनि न्यून व्याजदरमै बैंकमा राख्नु परेको छ । नेपाल हाउस प्रोजेक्ट अघि बढाउन पर्याप्त रकम नभएकाले तत्काललाई सानो योजना अघि बढाइएको गतसाता फानबरोमा आयोजित सल्लाहकारहरुको भेलामा अध्यक्ष फगामीले बताएका थिए ।
फगामीले आफ्नो कालमा एनआरएनए यूकेको कार्यालय लिएर हिंड्नु परेको बाध्यता समेत सुनाएका थिए । हाल अस्थायी रुपमा एनआरएनए यूकेको सम्पर्क कार्यालय अल्डसटस्थित उपाध्यक्ष शेर सुनारको भेटघाट रेस्टुरेन्टमा राखिएको छ ।
‘कम्तिमा एनआरएनए यूकेको कार्यालय राख्नका लागि भने पनि घर खरिद गर्नु पर्ने वाध्यता छ । यो अल्पकालिन योजना हो । नेपाल हाउस दीर्घकालिन योजनामा राखेका छौं’- अध्यक्ष फगामीले सल्लाहकारहरुलाई बुझाउन कोशिस गर्दै भने । स्रोतका अनुसार एनआरएनए यूकेले तत्काल एउटा घर खरिद गरेपछि संस्थालाई रकम दिने घोषणा गरेर नदिएको रकम उठाउने रणनीति पनि अघि सारेको छ ।
कतिपय व्यक्तिहरुले एनआरएनए यूकेलाई नेपाल हाउसका लागि चन्दा दिने घोषणा गरेपनि काम सुरु नभएकाले दिएका छैनन् । ‘अहिले घर खरिद गरेपनि सजिलै बिक्री गर्न मिल्ने भएकाले हामीले यो प्रक्रिया अघि बढाउन लागेका हौं’ – प्रवक्ता रमेश साराङकोटीले भने । उनकाअनुसार अल्पकालिन रुपमा घर खरिद प्रक्रिया अघि बढाउने र दीर्घकालिन योजनाका रुपमा नेपाल हाउस बनाउने योजना छ । यो योजना अघि बढेपछि एनआरएनए यूकेलाई दिने ‘कवोल’ गरेको रकम पनि उठन थाल्छ ।
नेपाल हाउस जस्तो मेघा प्रोजेक्टलाई च्यारिटी बेस्ड भन्दा पनि इन्भेस्टमेन्ट बेस्डसमा लगेर पुरा गर्ने योजना अध्यक्ष फगामीको छ । एउटै व्यक्तिसंग वर्षै पिच्छे च्यारिटीका लागि रकम माग्नु भन्दा पनि धनीहरुवाट इन्भेस्ट गराउने र च्यारिटीबाट उठाइने रकमले तिर्दै जाने योजना रहेको प्रवक्ता साराङकोटीले जनाए । यसको सफल प्रयोग बेलायतस्थित दुई जातीय संस्था तमु धिं यूके र मगर संघ यूकेले गरेका थिए ।
यसअघिका एनआरएनए यूके अध्यक्षहरुले नेपाल हाउस बनाउने घोषणा गरेपनि च्यारिटी बाहेक नेपाल हाउसका लागि थप केही गर्न सकेनन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?