लण्डन । बेलायतमा खुलेको टेस्कोको पहिलो स्टोर बन्द हुन लागेकाले स्थानीय नेपाली समुदायका सदस्यहरुले स्टोरमा गइ स्टोरका व्यवस्थापक तथा कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।
बुधबार बिहान बर्न्टओक नेपाली समाजका पदाधिकारी तथा सदस्यहरु बर्न्टओक ब्रोडवेस्थित टेस्को मेट्रोमा गएर सो स्टोरकी प्रबन्धक शारोन स्टब्स लगायत कर्मचारीहरुलाई धन्यवाद दिएका थिए। समाजको आमा समूहकी अध्यक्ष श्रीमती मन्जु गुरुङले श्रीमती स्टब्सलाई पुष्प गुच्छा प्रदान गरेकी थिइन् ।
बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङले उक्त ऐतिहासिक स्टोर बन्द हुनलागेकोमा आफुहरु दुखी भएको र त्यहाँ काम गर्ने कर्मचारीहरुको मिलनसार र सहयोगी प्रवृत्तिको प्रशंसा गर्दै धन्यवाद ज्ञापन कार्यक्रम आयोजन गरिएको बताए ।
टेस्को केन्द्रिय कार्यालयबाट आएका अपरेशन्स म्यानेजर मोहम्मद रिफाज रजीनले स्थानीय नेपाली समुदायको सद्भावना र शुभेच्छाबाट आफुहरु भावविभोर भएको बताए । उनले मोलिसन वेमा रहेको टेस्को स्टोर र अनलाइनबाट पनि उपभोक्ताहरुको सेवा गरिरहने विश्वास पनि व्यक्त गरे ।
सो अवसरमा बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्षद्वय लक्ष्य गुरुङ तथा रमेश गुरुङ, खमिरजंग गुरुङ, मिमकाजी गुरुङ, महेन्द्र गुरुङ, भगीरथ योगी, नेपाली भाषा तथा संस्कृति केन्द्र बर्न्टओकका अध्यक्ष सुमन प्रधान, हिमांशु ज्ञवाली लगायतको उपस्थिति थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा