लन्डन । बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘भाया साक्रा’ सार्वजनिक भएको छ। लेखक आफैंले रोमान्टिक धारका प्रसिद्ध कवि जोन किट्सको निवास लन्डनमा नियात्रासङ्ग्रह सार्वजनिक गरेका हुन् ।
सन् १७९५ मा जन्मेका कवि किट्सको निवासलाई ‘सिटी अफ लन्डन’ ले म्युजियमको रुपमा संचालनमा ल्याएको छ ।
उक्त ‘भाया साक्रा’ नियात्रासङ्ग्रहमा इटाली, बेल्जियम र बेलायतका २१ वटा यात्रानुभूतिहरु समावेश छन् । बजगाईंको नियात्राङ्ग्रहमा ज्ञानविज्ञान, इतिहास, कला, साहित्य, दर्शन आदिको समिश्रण छ ।
आख्यान, कविता र निबन्धमा कलम चलाउने बजगाईं लामो समयदेखि प्रवासमा लेखन, सम्पादन र प्रकाशन कार्यमा सक्रिय रहेर नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील छन् ।
सांग्रिला बुक्सले प्रकाशन गरेको ‘भाया साक्रा’ बजगाईंको आठौं साहित्यिक कृति तथा दोस्रो नियात्रासङग्रह हो । यसअघि उनका युरेशियाको स्पर्श (नियात्रासङ्ग्रह), कमरेड भाउजू (कथासङ्ग्रह ), स्रष्टा र डिजिटल वार्ता (अन्तर्वार्ता सङ्ग्रह), यन्त्रवत्, रोडम्याप र कवच (लघुकथासङ्ग्रह), हिउँको तन्ना (हाइकुसङ्ग्रह) कृतिहरु प्रकाशित भइसकेका छन् ।
सुप्रमा साहित्य पुरस्कार (बेलायत), डायस्पोरा नृपध्वज पुरस्कार (अमेरिका), नारायणजयन्ता लिटरेरी वेब जर्नालिज्म अवार्ड (अमेरिका), देवकोटा शताब्दी सम्मान (नेपाल), सत्यमोहन जोशी शताब्दी पदक (नेपाल), भानुभक्त द्विशताब्दी स्वर्ण पदक (नेपाल) आदि पुरस्कार तथा सम्मानहरुद्वारा बजगाईं सम्मानित भएका छन् ।
उनले थुप्रै राष्ट्रिय र अन्तराष्ट्रिय साहित्यिक संघसंस्थाको नेतृत्व गरेका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा