लण्डन । पर्वत जिल्लाको भँगरा, दादा, ठानामौला र लामे क्षेत्रमा स्वास्थ्य, शिक्षा, पर्यटन र स्थानीय विकासका कार्यक्रमहरु संचालन गर्दै आएको चारभन्ज्यांग तमु समाज युकेले यही शनिबार (२४ फेब्रुअरी) च्यारिटी डिनर गर्ने भएको छ ।
अल्डरसटस्थित एम्पाएर बांक्वेटिङ हलमा साँझ ५ बजे आयोजना गरिएको सो च्यारिटीबाट संकलित सहयोग स्वास्थ्यसेवा, शैक्षिक पूर्वाधार विस्तार र छात्रवृत्ति वितरणमा खर्च गरिने समाजका अध्यक्ष मेजर रिटायर्ड कृष्णबहादुर गुरुङले जानकारी दिए । ‘च्यारिटीको उद्देश्य चारभन्ज्यांग क्षेत्र विकास परियोजनाका लागि फण्ड संकलन गर्नु हो’- उनले भने ।
सन् २००७ मा युकेको च्यारिटी कमिसनमा दर्ता भएको सो समाजले सो क्षेत्रमा टेलिमेडिसिन सेन्टर, स्वास्थ्य शिविर, औषधि वितरण गर्दै आएको छ । समाजले स्वीनफेन च्यारिटेवल ट्रष्ट युकेको सहयोगमा लिमीठानामा टेलिमेडिसन सेन्टर स्थापना गरेको छ भने अन्तर्राष्ट्रिय स्वास्थ्य साझेदार युकेको सहयोगमा निशुल्क औषधि वितरण गर्दै आएको छ । यस्तै, सेलिन फाउण्डेसनको सहयोगमा भँगरा, खाल्टे र लामेमा वार्षिक स्वास्थ्य शिविर चलाउँदै आएको छ ।
समाजले नेपाल सरकारको सहयोग बिना नै क्लिनिक र पाँच स्वास्थ्यकर्मीको खर्च ब्यहोर्दै आएको छ ।
समाजलाई सहयोग गर्न चाहनेहरुलाई समाजको वेभ www.charbhanjyang.com मार्फत गर्न सकिने छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी