काठमाडौं- नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिन डिभिजन–२ मा नेपालले तेस्रो जित हात पारेको छ । सोमबार वीन्डहोक मैदानमा भएको खेलमा नेपालले केन्यामाथि ३ विकेटको जित हासिल गरेको हो ।
टस हालेर ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट क्षतिमा १ सय ७७ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ७ विकेटको क्षतिमा अन्तिम बलमा १ सय ७८ रनको लक्ष्य भेट्टायो ।
नेपालका लागि आरिफ शेख र रोहित पौडेल महत्वपूर्ण साझेदारी गरे । यी दुई युवा ब्याटसम्यानले छैटौ विकेटका लागि ८७ रनको साझेदारी गर्दै टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले । २ चौका प्रहार गरेका आरिफले ४२ रन जोडे भने २ चौका प्रहार गरेका रोहित ४७ रनमा रनआउट भए । कप्तान पारस खड्काले ४२ रन जोडे, उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।
यस्तै, शरद भेषावकरणले १ चौका प्रहर गर्दै १९ रन जोडे । ओपनर ज्ञानेन्द्र मल्ल ९ तथा अनिलकुमार शाह शुन्य रनमै आउट भए । दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए भने विजयी रन बटुलेका सोमपाल कामी ५ रनमा अविजित रहे ।
बलिङतर्फ केन्याका इम्यानुयल बुण्डीले ३ विकेट लिए भने नेहेमोन ओडिम्बो, शो नोग्चे र नेल्सन ओडिम्बोले एक एक विकेट हात पारे । नेपालको एक रनआउट भएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको केन्याका लागि ओपनरद्धय इफरान करिम र एलेक्स ओबाडाले महत्वपूर्ण साझेदारी गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । करिमले ४२ रन जोडे भने ओबाडाको नाममा ४१ रन रह्यो ।
नेपालका लागि महत्वपूर्ण सफलता दिलाउने क्रममा सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरका नाममा एक एक विकेट रह्यो ।
केन्यामाथिको जितसँगै नेपालको शीर्ष दुईमा पर्ने सम्भावना बलियो भएको हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो थियो दोस्रो खेलमा ओमानसँगग ६ विकेटले पराजित भएको थियो । हिजो भएको समूहको तेस्रो खेलमा नेपालले बलियो प्रतिस्पर्धी मानिएको युएईलाई ४ विकेटले पराजित गरेको थियो ।
एक दिवसीय स्टाटसको ढोका खुल्ने भएकाले पनि डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिता मानिएको छ ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा