लण्डन । नेकपा एमालेको युकेस्थित संगठन प्रवासी नेपाली मञ्च युकेले दशौं वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ ।
मञ्चका अध्यक्ष रामशरण सिंखडाको अध्यक्षतामा लण्डनमा सम्पन्न मञ्चको चौथो पूर्ण बैठकले आउने फेब्रुअरीमा वार्षिकोत्सव मनाउने निर्णय गरेको मञ्चले जनाएको छ ।
यसैगरी, मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन सदस्य सुशीला राई संयोजक र सदस्य स्मिता आत्रेय सहसंयोजक रहेको टोलीलाई जिम्मेवारी दिइएको छ ।
अस्वस्थ रहेका नेकपा एमालेका सक्रिय कार्यकर्ता गणेश मैनालीको उपचारमा सहयोग जुटाउन उपाध्यक्ष रमेश वास्तोलाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
महासचिव तुंगभद्र भूसालले सञ्चालन गरेको बैठकको शुरुवातमा नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो । त्यस्तै, गत अक्टोबर २२ मा भएको देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम सफल भएको निस्कर्ष निकाल्दै बैठकले देउसीभैलो संयोजन समितिलाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा