लन्डन । नेपाली साहित्य विकास परिषद यूकेको ११ औं कार्यसमितिको निर्वाचन आगामी अप्रिलमा हुने भएको छ ।
परिषद्का संस्थापक तथा अध्यक्ष सुरेशजंग शाहको अध्यक्षतामा लन्डनमा बसेको वार्षिक बैठकले परिषदका सल्लाहकार तथा प्रमुख निर्वाचन अधिकृत कृष्ण भट्टको संयोजनमा आगामी अप्रीलमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले यस अघि विशेष कारणवस स्थगन हुन गई निर्वाचन ‘ग्याप’ हुन गएको अवधिलाई दशौं कार्यसमितिका रुपमा रुपान्तरण गरी ११ औं कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ भने परिषद्की महासचिव डा. सुधा श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दौलत राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन आवश्यक छलफल पछि पारित गरेको छ ।
छलफलका क्रममा परिषदका वरिष्ठ पदाधिकारीहरू कोमल प्रसाद श्रेष्ठ मल्ल, ध्रुव केसी, वीरेन्द्र कुंवर, गोकुल भण्डारी, रेशमलाल अर्याल, मनोज अन्जान लगायतले महत्वपूर्ण सुझाव र प्रस्तावहरु राखेका थिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा