लन्डन । नेपाली साहित्य विकास परिषद यूकेको ११ औं कार्यसमितिको निर्वाचन आगामी अप्रिलमा हुने भएको छ ।
परिषद्का संस्थापक तथा अध्यक्ष सुरेशजंग शाहको अध्यक्षतामा लन्डनमा बसेको वार्षिक बैठकले परिषदका सल्लाहकार तथा प्रमुख निर्वाचन अधिकृत कृष्ण भट्टको संयोजनमा आगामी अप्रीलमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले यस अघि विशेष कारणवस स्थगन हुन गई निर्वाचन ‘ग्याप’ हुन गएको अवधिलाई दशौं कार्यसमितिका रुपमा रुपान्तरण गरी ११ औं कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ भने परिषद्की महासचिव डा. सुधा श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दौलत राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन आवश्यक छलफल पछि पारित गरेको छ ।
छलफलका क्रममा परिषदका वरिष्ठ पदाधिकारीहरू कोमल प्रसाद श्रेष्ठ मल्ल, ध्रुव केसी, वीरेन्द्र कुंवर, गोकुल भण्डारी, रेशमलाल अर्याल, मनोज अन्जान लगायतले महत्वपूर्ण सुझाव र प्रस्तावहरु राखेका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा