
लन्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ
बेलायतले गत आइतबार एक च्यारिटी डिनर गरी दुई लाख रुपैयां संकलन गरेको छ ।
संयुक्त अनाथ तथा अपांग एकता केन्द्र नेपाल र पर्वतारोही पत्रकार देउराली चाम्लिङको सगरमाथा आरोहण अभियानका लागि सहयोग संकलन गर्न उक्त च्यारिटी डिनर गरिएको महिला महासंघकी अध्यक्ष श्रीमती विमला कुमारी राईले बताइन् ।
लन्डन साउथ हयारोस्थित गोल्डनसिप रेष्टुरांमा सम्पन्न च्यारिटी डिनर सफल पार्न आदिवासी जनजाति महासंघ (नेफिन) यूके र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको विशेष सहायता थियो ।
कार्यक्रममा बेलायतस्थित विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार र समाजसेवीको उपस्थिति थियो । कार्यक्रमको पहिलो सत्र महासचिव वसुन्धरा याख्खा र दोश्रो सत्रको सांस्कृतिक कार्यक्रम कर्मा पहाडीले सञ्चालन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष तुल छन्त्यालले महिला महासंघले गरेको पवित्र कार्यका लागि धन्यवाद दिंदै भविष्यका प्रयासहरुमा पनि नेफिन यूकेको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम समापन गर्ने क्रममा अध्यक्ष श्रीमती विमला राईले च्यारिटी डिनर सफल पार्न सहयोग गर्ने कार्यसमितिका सहकर्मीहरु, नेफिन यूके, फोनिज यूके, दाताहरु र उपस्थित सबैलाई धन्यवाद दिंदै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताइन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने