काठमाडौँ, १६ माघ – नेपाली काँग्रेसका नेताहरुले जुत्तामा पालिस लगाएर ‘राजनीतिक शुद्धीकरण’ अभियान चलाएका छन् ।
कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले शहीद दिवसको अवसर पारेर आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेताहरुले जुत्तामा पालिस लगाएर उक्त अभियान प्रारम्भ गरेका हुन् ।
सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराईलगायतले बाटो हिँड्ने (बटुवा) को जुत्तामा पालिस लगाए ।
काँग्रेस नेता भण्डारीले विभिन्न देशमा चिया बेच्ने व्यक्ति प्रधानमन्त्री भएको वर्तमान अवस्थामा नेपालमा श्रमको सम्मान नभएको भन्दै कृष्णप्रसाद भट्टराईको त्याग र आदर्शलाई पछ्याउन उक्त अभियान थालिएको जानकारी दिए ।
शहीद दिवसका अवसरमा नेविसंघको रक्तदान
नेपाल विद्यार्थी संघले शहीद दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । आज विश्वभाषा क्याम्पसमा आयोजित उक्त कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रम शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले शहीदको सम्झनामा नेविसंघले रक्तदान गरेर राम्रो कार्यको थालनी गरेको छ भन्दै मुलुकको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शहीदको सम्मान गरिएकामा प्रशंसा पनि गर्नुभयो ।
पैँसट्ठी वर्षका व्यक्तिलाई वृद्धभत्ता दिने सरकारको निर्णयको आलोचना भइरहेका बेला उहाँले वार्षिक रु २० अर्ब खर्च हुने ठाउँमा रु ३३ अर्ब खर्च भएपनि आमनागरिकले राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’