लन्डन । सहारा यूकेको टोली जनवरी तेश्रो सातादेखि पोखरामा हुन लागेको ‘आहा रारा गोल्ड कप’ मा सहभागिता जनाउन नेपाल प्रस्थान गरेको छ ।
सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ साईंलाको नेतृत्वमा मंगलबार सांझ करिब दश जनाको समूह नेपाल गएको हो । समूहमा महासचिव कृष्ण गुरुङ, सह कोषाध्यक्ष शारदा गुरुङ, एफसी सिइओ धनु थकाली, मिडिया सेक्रेटरी बाचस्पति रेग्मी, सल्लाहकार सेरा गुरुङ, सदस्यहरु जगन गुरुङ, देव गुरुङ र हेम गुरुङ, श्रीमति शारदा गुरुङ लगायत छन् ।
१६ औं आहा रारा गोल्ड कप आगामी २३ जनवरीदेखि ३ फेब्रुअरीसम्म पोखरा रंगशालामा हुंदैछ । उक्त प्रतियोगितामा यस पटक सहारा यूके खेलाडीको सहभागिता नरहेपनि सहारा यूके पदाधिकारीहरु करिब ४० जना त्यहां जांदैछन् ।
सहारा यूके टोली आगामी २१ तारिखका दिन आफूले निर्माण गरेको सिन्धुपाल्चोकको श्री हाइबुङ महादेवस्थान माध्यमिक विद्यालय उद्घाटन समारोहमा सहभागी हुनेछ । उक्त टोली २६ जनवरीमा सहारा यूकेकै सहयोगमा कास्कीको सिदिंगस्थित सरस्वती प्राइमरी स्कुलमा बनाइएको खेल मैदान उद्घाटनमा समेत जाने अध्यक्ष गुरुङले जनाए ।
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय