लन्डन । सहारा यूकेको टोली जनवरी तेश्रो सातादेखि पोखरामा हुन लागेको ‘आहा रारा गोल्ड कप’ मा सहभागिता जनाउन नेपाल प्रस्थान गरेको छ ।
सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ साईंलाको नेतृत्वमा मंगलबार सांझ करिब दश जनाको समूह नेपाल गएको हो । समूहमा महासचिव कृष्ण गुरुङ, सह कोषाध्यक्ष शारदा गुरुङ, एफसी सिइओ धनु थकाली, मिडिया सेक्रेटरी बाचस्पति रेग्मी, सल्लाहकार सेरा गुरुङ, सदस्यहरु जगन गुरुङ, देव गुरुङ र हेम गुरुङ, श्रीमति शारदा गुरुङ लगायत छन् ।
१६ औं आहा रारा गोल्ड कप आगामी २३ जनवरीदेखि ३ फेब्रुअरीसम्म पोखरा रंगशालामा हुंदैछ । उक्त प्रतियोगितामा यस पटक सहारा यूके खेलाडीको सहभागिता नरहेपनि सहारा यूके पदाधिकारीहरु करिब ४० जना त्यहां जांदैछन् ।
सहारा यूके टोली आगामी २१ तारिखका दिन आफूले निर्माण गरेको सिन्धुपाल्चोकको श्री हाइबुङ महादेवस्थान माध्यमिक विद्यालय उद्घाटन समारोहमा सहभागी हुनेछ । उक्त टोली २६ जनवरीमा सहारा यूकेकै सहयोगमा कास्कीको सिदिंगस्थित सरस्वती प्राइमरी स्कुलमा बनाइएको खेल मैदान उद्घाटनमा समेत जाने अध्यक्ष गुरुङले जनाए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा