लन्डन । राजनीतिक संक्रमणकाल सकिए लगत्तै बेलायतबाट नेपालमा सम्भावित लगानीका अवसरहरु खोज्न विभिन्न टोली अग्रसर भएका छन् ।
यसै सिलसिलामा यूके नेपाल मैत्री संघको टोली यही बुधबार नेपाल प्रस्थान गर्दैछ भने फेब्रुअरीमा बेलायती संसदको नेपाल सम्बन्धि सर्वदलीय संसदीय समूहका संयोजक सांसद बीरेन्द्र शर्माको नेतृत्वमा एक संसदीय टोली नेपाल जाने तयारीमा छ । त्यस्तै ब्रिटेन नेपाल चेम्बर अफ कमर्स नेतृत्वको एक टोली पनि आगामी मार्चमा नेपाल जांदैछ ।
यूके नेपाल मैत्री संघको टोलीमा अध्यक्ष अलान मार्सल स्यान्का, डा. रेमण्ड डेभिस, पल नास र स्टेफेन किंग रहेका छन् । जसमध्ये डेभिस हाइड्रोपावरमा दख्खल राख्छन् भने नास पर्यटन र वन्यजन्तु तथा किंग आफैंमा चित्रकार एवं फिल्म निर्माता हुन् ।
एक साता लामो भेटका क्रममा टोलीले प्रधानमन्त्री निर्वाचित हुन लागेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सोही पार्टीका महासचिव इश्वर पोखरेल, नेपाल पर्यटन बोर्ड र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, काठमाण्डौं, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुखहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बैंकर्स एसोसिएसन आदि संस्थाका पदाधिकारीसंग भेटवार्ता तय भएको संघका अध्यक्ष स्यान्काले बताए ।
‘नेपाललाई आर्थिक रुपमा कसरी बलियो बनाउन सकिन्छ भन्नेबारे हाम्रो भ्रमण केन्द्रित रहन्छ’, उनले भने । सोही टोलीका सदस्य डा. डेभिसले नेपालमा लगानीको सम्भावना पहिल्याइ कन्सोर्टियममार्फत लगानी गर्ने सोचाइ रहेको बताए । ‘हामी नेपालबाट पैसा कमाएर कर नतिर्ने अफसोरमा दर्ता भएका कम्पनीहरु जस्तो गर्दैनौं । नेपालको कानुनी प्रक्रिया पुरा गरि कर तिर्नुपर्छ भन्ने हाम्रो मान्यता छ’, उनले भने ।
इन्टरनेटमा आधारित आफ्नो पर्यटन व्यवसायका अनुभव सुनाउंदै सोही टोलीमा जान लागेका पल नासले भने, ‘नेपालसंग सबथोक छ, मात्र छैन् ति सामाग्रीको आधुनिकीकरण र विज्ञापन ।’
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]