
काठमाडौँ, २६ पुस – युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा चापकोट नपा–४ घर भई हाल पोखरा बस्ने प्रदीप गिरी र झापा गौरादह नपा– ४ बस्ने ज्ञानेन्द्र अधिकारीलाई पक्राउ गरेको हो ।
उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भनी राहदानीमा नक्कली प्रवेशाज्ञा लगाई प्रतिव्यक्ति रु आठ लाख ५० हजार लिएर टर्कीमा पुरयाइ दुई महिनासम्म श्रमशोषण गरी अलपत्र पारेका थिए ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले हालसम्म आठ जना पीडित व्यक्ति ब्यूरोको सम्पर्कमा आएको र अरु व्यक्ति पनि पीडित भएको हुनसक्नेबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
पक्राउ परेकालाई काठमाडौँ जिल्ला अदालतको आदेशले म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ब्यूरोले जनाएको छ । निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ३ र ४ को कसुरमा दफा १५ (१) (क) अनुसार मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र रु दुई लाखसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते