लन्डन । नेप्लिज को-अपरेटिभ इन्भेष्टमेन्ट लिमिटेड यूकेले मोहन गुरुङको कार्यसमितिलाई सर्वसम्मतिले निरन्तरता दिएको छ । आइतबार साउथ इष्ट लण्डनको ब्ल्याकहिथमा सम्पन्न तेश्रो अधिवेशनले मोहन गुरुङ अध्यक्ष रहेको नेतृत्वलाई निरन्तरता दिने निर्णय गरेको हो ।
सात सदस्यीय कार्यसमितिको कार्यकाल तीन वर्ष हुनेछ । कार्यसमितिमा महासचिव अर्कराज तिम्सिना, कोषाध्यक्ष एलएन पाण्डे र सदस्यहरुमा सहदेव गिरी, रन्जिता मल्ल, सुशील प्रजापति र सुरज केसी छन् । निर्वाचनका लागि सुमल कुमार गुरुङ संयोजक तथा शंकर घिमिरे र लक्ष्मण शाह सदस्य रहेको समिति गठन गरिएको थियो । सो समितिका संयोजक गुरुङले नवनिर्वाचित कार्यसमितिलाई शपथ गराए ।
नवनिर्वाचित कार्यसमितिलाई सूर्य गुरुङ, हरिगोविन्द गुरुङ, कुमार श्रेष्ठ, यादव भण्डारी लगायतले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सम्मेलनले वार्षिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । महासचिव अर्कराज तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा रन्जिता मल्लले स्वागत र सहदेव गिरीले धन्यवाद मन्तव्य दिएका थिए ।
अधिवेशनका सहभागीले आ-आफ्नो जिज्ञासा राखेका थिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा