काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले मोरङमा सञ्चालन भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार भएको फाइनलमा झापा-११ लाई दुई शुन्यले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो।
आर्मीका लागि दीपक गरुङ र नवयुग श्रेष्ठले गोल गरेका थिए।
खेलको शुरुमै आर्मीका गुरुङले हिरेन मगरको पासमा गोल गर्दै अग्रता दिएका थिए। ५१ औ मिनेटमा मगर दोहोरो यल्लो कार्ड पाएर बाहिरिएपछि १० खेलमा सिमित सेनाका लागि ७१ औं मिनेटमा श्रेष्ठले गोल गर्दै खेल सुनिश्चित गरेका थिए। उनले काउन्टर एटेकमा गोल गरेका थिए।
प्रतियोगितामा बढी गोल गर्ने श्रेष्ठले उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद ३० हजार र बीस हजार मुल्य बराबरको मोबाइल सेट हात पारेका छन्।
उपाधिसँगै आर्मीले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ नगदका हात पारेको छ। उपविजेता झापा–११ ले एकलाख एक हजार एक सय एघार नगद प्राप्त गरेको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने