लण्डन, १६ पुस – बेलायतले सन् २०१८ लाई ‘ब्रेक्जिट’ मा मात्र सीमित नगर्ने जनाएको छ । प्रधानमन्त्री टेरेजा मेले आइतबार अङ्ग्रेजी नयाँ बर्षको उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले सन् २०१८ लाई ब्रेक्जिटका साथै अन्य क्षेत्रमा पनि धेरै प्रगति गर्ने सपना रहेको बताउनुभयो ।
बेलायत इयूबाट बहिर्गमनका लागि काम भइरहेको बताउनुहुँदै प्रधानमन्त्री मेले भन्नुभयो, ‘नयाँ बर्षमा इयूसँग हुने वार्तामा इयूबाट फिर्ता भएपछि व्यापार तथा सुरक्षाका बिषयमा छलफल गरी छिट्टै निष्कर्षमा पुगिने छ । म सन् २०१८ मा ब्रेक्जिट प्रक्रियालाई नयाँ उचाइमा पुरयाउने प्रतिवद्धता जाहेर गर्छु ।’
सन्देशमा बेलायती जनतालाई सङ्केत गर्दै भनिएको छ, ‘तपाईहरू ब्रेक्जिटका बिषयमा जुन पक्षमा मतदान गरेपनि अहिले अधिकांश नागरिकले ब्रेक्जिटको सफलताका लागि सरकारसँग अपेक्षा राखेका छन् । सरकारले पनि ठीक त्यही गरेको छ ।’
‘सन् २०१८ संयुक्त अधिराज्यमा नयाँ विश्वास र गौरवको बर्ष हुनेछ,’- प्रधानमन्त्री मेले विश्वास व्यक्त गर्नुभयो- ‘यो बर्षमा हामीले सफल ब्रेक्जिट वार्तालाई प्रगतिको उत्कृष्ट विन्दुमा पुरयाउन लागि पर्नेछौँ र राष्ट्रको समुन्नत भविष्यका लागि अर्थतन्त्र मजबुत पार्नेछौ । सबैका लागि न्यायपूर्ण समाजको लागि काम गर्नेतर्फ अग्रसर हुनेछौ ।’
ब्रेक्जिटबाहेक आफूले बेलायती नागरिकको दैनिक जीवनका बिषयमा व्यापक परिवर्तन ल्याउन चाहेको उहाँको कथन थियो । उहाँले बेलायतको शैक्षिक क्षेत्र, प्रहरी र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै ती क्षेत्रको थप विकास गर्न चाहेको बताउनुभयो ।
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय