लण्डन, १६ पुस – बेलायतले सन् २०१८ लाई ‘ब्रेक्जिट’ मा मात्र सीमित नगर्ने जनाएको छ । प्रधानमन्त्री टेरेजा मेले आइतबार अङ्ग्रेजी नयाँ बर्षको उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले सन् २०१८ लाई ब्रेक्जिटका साथै अन्य क्षेत्रमा पनि धेरै प्रगति गर्ने सपना रहेको बताउनुभयो ।
बेलायत इयूबाट बहिर्गमनका लागि काम भइरहेको बताउनुहुँदै प्रधानमन्त्री मेले भन्नुभयो, ‘नयाँ बर्षमा इयूसँग हुने वार्तामा इयूबाट फिर्ता भएपछि व्यापार तथा सुरक्षाका बिषयमा छलफल गरी छिट्टै निष्कर्षमा पुगिने छ । म सन् २०१८ मा ब्रेक्जिट प्रक्रियालाई नयाँ उचाइमा पुरयाउने प्रतिवद्धता जाहेर गर्छु ।’
सन्देशमा बेलायती जनतालाई सङ्केत गर्दै भनिएको छ, ‘तपाईहरू ब्रेक्जिटका बिषयमा जुन पक्षमा मतदान गरेपनि अहिले अधिकांश नागरिकले ब्रेक्जिटको सफलताका लागि सरकारसँग अपेक्षा राखेका छन् । सरकारले पनि ठीक त्यही गरेको छ ।’
‘सन् २०१८ संयुक्त अधिराज्यमा नयाँ विश्वास र गौरवको बर्ष हुनेछ,’- प्रधानमन्त्री मेले विश्वास व्यक्त गर्नुभयो- ‘यो बर्षमा हामीले सफल ब्रेक्जिट वार्तालाई प्रगतिको उत्कृष्ट विन्दुमा पुरयाउन लागि पर्नेछौँ र राष्ट्रको समुन्नत भविष्यका लागि अर्थतन्त्र मजबुत पार्नेछौ । सबैका लागि न्यायपूर्ण समाजको लागि काम गर्नेतर्फ अग्रसर हुनेछौ ।’
ब्रेक्जिटबाहेक आफूले बेलायती नागरिकको दैनिक जीवनका बिषयमा व्यापक परिवर्तन ल्याउन चाहेको उहाँको कथन थियो । उहाँले बेलायतको शैक्षिक क्षेत्र, प्रहरी र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै ती क्षेत्रको थप विकास गर्न चाहेको बताउनुभयो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा