
लन्डन । लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टका सञ्चालक देव गुरुङले यसपटकको नेपाल होलिडेलाई च्यारिटी कार्यमा सदुपयोग गरे । एनआरएनए विश्व सम्मेलनका क्रममा नेपाल गएका उनी चुनावमा कसैलाई जिताउन वा हराउन लागेनन् । बरु २ महिना लामो बिदाको समय नेपालमा विभिन्न गाउंमा च्यारिटी गर्न खर्चिए ।
गुरुङ कास्कीको घान्द्रुक १ स्थित फुम्रोखुं बराह मावि उद्घाटनमा सहभागी भए । उनले बेलायतमा च्यारिटी गरि उक्त विद्यालय निर्माणका लागि १६ लाख, ९४ हजार तीनसय ६७ रुपैयां सहयोग गरेका थिए ।
गुरुङले तनहुंको रुपाकोट गाविसमा पनि एउटा सामुदायिक भवन बनाउन सहयोग प्रदान गरे । करिब ७ लाख रुपैयांको लागतमा निर्मित उक्त सामुदायिक भवनका लागि उनले तीनलाख रुपैयां सहयोग प्रदान गरेका थिए । त्यस्तै, कुन्छा हाइस्कुलका लागि एक लाख रुपैयां प्रदान गरेको व्यवसायी गुरुङले बताए । गुरुङले आफूले सहयोग गरेको विद्यालयमा पुगेर व्यवस्थापन समिति एवं विद्यार्थीसंग भलाकुसारी गरेका थिए । उनले भेटमा भविष्यमा पनि पूण्यकार्यमा सधैं सहयोग रहने आश्वासन दिएका छन् ।
उता, गुरुङले काठमाडौंस्थित बन्दी सहायता नेपाल (प्रिजनर्स असिस्टेन्टस नेपाल) कार्यालयमा गएर करिब ५० हजार रुपैयांको खाद्य सामाग्री समेत खरिद गरिदिए । उक्त संस्थाले बन्दी जीवन बिताइरहेका महिलाका टुहुरा बालबालिकालाई आश्रय दिइरहेको छ । खाद्य सामाग्री हस्तान्तरणपछि बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा रानामगरले गुरुङप्रति आभार व्यक्त गरेकी छन् ।
गुरुङ व्यवसायका अलवा समाजसेवामा पनि उत्तिकै समर्पित छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा