लन्डन । एस्टार फाइनान्सियल सोल्युसन्स र एसएनपी प्लस लिमिटेडले छैटौं वार्षिकोत्सव मनाएका छन् । शुक्रबार लण्डनमा एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा युकेमा रहेमा विभिन्न पेशाकर्मी र व्यवसायीहरुको उपस्थिति थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुल आचार्यले नेपाली पेशाकर्मी र व्यावसायीहरुबीच भेट गर्न पाउँदा खुशी लागेको बताए । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामीले एनआरएन युकेले गरिरहेको काममा सहयोग गर्न र खबरदारी गर्न आग्रह गरे ।
त्यसैगरि, काउन्सिलर विष्णु गुरूङले बेलायतको राजनीतिमा प्रवेश गर्दाका अनुभव सुनाए । उनले नेपालीहरूलाई राजनीतिमा आउन अपील पनि गरे । एस्टार फाइनान्सियल सोल्युसन्सका निर्देशक मीन दर्लामीले सर्भिसेजले लण्डन, फार्नब्रो र आसफोर्डमा पेन्सन, मोर्गेज, इन्स्योरेन्स र वीलबारे सेवा दिँदै आएको बताए । उनले वार्षिकोत्सवलाई विभिन्न पेशाकर्मी र व्यवसायीबीच भेटघाट र परिचयको थलो बनाउने प्रयास गरिएको समेत बताए ।
अकाउण्ट फर्म एसएनपी प्लसका निर्देशक समीर प्याकुरेलले नेपालीहरुलाई अकाउण्टसम्बन्धी समस्याका बारेमा निशुल्क परामर्श दिने जानकारी दिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा