
नेशनल प्याव्सन, (एन प्याव्सन) कास्कीद्वारा आइतबार आयोजित दोस्रो बृहत शैक्षिक प्रदर्शनी एवम १२ औं लोकनृत्य प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरु । तस्बिर- वासुदेव पौडेल, पोखरा, रासस
पोखरा, २ पुस – पोखराको प्रदर्शनी केन्द्रमा सञ्चालित दोस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १२ औं लोकनृत्य प्रतियोगिता आज सकिएको छ ।
‘एन प्याब्सन कास्कीको पहिचान, विद्यालय शिक्षामा व्यावहारिक ज्ञान’ मूल नाराका साथ नेशनल प्याब्सन कास्कीको आयोजनामा भएको तीनदिने सो कार्यक्रममा जिल्लाका ४४ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउनाका साथै उनीहरुले हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले बृहत् शैक्षिक प्रदर्शनी आयोजना गरिएको थियो । विद्यार्थीको शिक्षण क्रियाकलापमा सहयोग पुरयाउने गरी विद्यार्थीबाटै विद्यालय शिक्षामा आधारित विषयगत पाठ्यक्रमअन्तर्गत स्थानीय स्रोत र साधनको प्रयोग गरी जीवनपयोगी निर्माण तथा आविष्कारका सामग्री शैक्षिक प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थी तथा अभिभावक गरी करिब ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गरेको नेशनल प्याब्सन कास्कीका द्वितीय उपाध्यक्ष केशवशरण उपाध्यायले जानकारी दिनुभयो ।
प्रदर्शनी समापनका अवसरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने तथा लोकनृत्यमा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस प्रकारको प्रदर्शनीले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा सघाउ पुरयाउने विश्वास व्यक्त गर्नुभयो ।
नेशनल प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी नरेन्द्र पौडेललगायतका वक्ताले शैक्षिक प्रदर्शनीको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित