लन्डन । बेलायती राजकुमार हयारी र मेगान मर्केलको बिहे मिति निश्चित भएको छ । उनीहरुको औपचारिक विवाह अर्को वर्ष २०१८ मे १९ तारिखका दिन हुने तय भएको हो । केन्जिङटन राजदरबारको पारिवारिक श्रोतले शुक्रबार दिएको जानकारी अनुसार उनीहरुको विवाह सेन्ट जर्ज च्यापेल विन्डसर कासलमा हुनेछ ।
वैवाहिक समारोहमा सांगीतिक कार्यक्रम सहितको भोजभतेर पनि हुने र त्यसको सबै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।
हयारी र मेगानबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो ।
उनीहरुले पहिलो पटक यही महिना औपचारिक रुपमा शाही परिबारसँगै क्रिसमस मनाउने भएका छन् ।
विवाहपछि उनीहरु केन्जिङटन प्यालेसमा रहेको नटिङम कटेजमा बस्ने छन् । राजकुमार हयारी बेलायती राजगद्दीको पाँचौ नम्बरका हकदार हुन् । अमेरिकी चर्चित नायिका मेगान मार्कलसँग राजकुमार हयारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा छन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान