लन्डन । बेलायती राजकुमार हयारी र मेगान मर्केलको बिहे मिति निश्चित भएको छ । उनीहरुको औपचारिक विवाह अर्को वर्ष २०१८ मे १९ तारिखका दिन हुने तय भएको हो । केन्जिङटन राजदरबारको पारिवारिक श्रोतले शुक्रबार दिएको जानकारी अनुसार उनीहरुको विवाह सेन्ट जर्ज च्यापेल विन्डसर कासलमा हुनेछ ।
वैवाहिक समारोहमा सांगीतिक कार्यक्रम सहितको भोजभतेर पनि हुने र त्यसको सबै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।
हयारी र मेगानबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो ।
उनीहरुले पहिलो पटक यही महिना औपचारिक रुपमा शाही परिबारसँगै क्रिसमस मनाउने भएका छन् ।
विवाहपछि उनीहरु केन्जिङटन प्यालेसमा रहेको नटिङम कटेजमा बस्ने छन् । राजकुमार हयारी बेलायती राजगद्दीको पाँचौ नम्बरका हकदार हुन् । अमेरिकी चर्चित नायिका मेगान मार्कलसँग राजकुमार हयारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा