चितवन, २५ मंसिर – चितवन क्षेत्र नं–३ प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ ।
अध्यक्ष दाहालले लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३४१ मतान्तरले पराजित गर्नुभएको हो ।
दाहालले ४८ हजार २७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो । चितवन क्षेत्र नं ३ मा ९३ हजार ८१३ मत खसेको थियो भने तीन हजार ५२० मत बदर भएको थियो ।
चितवन, २५ मंसिर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताउनुभएको छ ।
आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच वर्षमा धेरै काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले अब देश समृद्धितर्फ अघि बढेको बताउनुभयो । वाम सरकारले पाँच वर्षमा राम्रा काम गर्न सके ५० वर्ष देशमा वामपन्थीले शासन चलाउने अध्यक्ष दाहालको भनाइ थियो । उहाँले देशको भौतिक विकास र जनताको जीवनस्तर विकास अहिलेको मुख्य काम रहेको बताउनुभयो ।
सरकार गठन अघिनै नेकपा (एमाले) र (माओवादी केन्द्र)बीच पार्टी एकताको पहल हुने दाहालले बताउनुभयो । आफू काठमाडौं फर्किएलगत्तै पार्टी एकता समन्वय समितिको बैठक राखी यसलाई टुंग्याउने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘पार्टी एकताका विषयमा कुनै आशंका नराख्नुस्, यो आशंका इतिहास बन्छ ।’ अब देशको भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा छलफलबाट टुंगो लाग्ने उहाँको भनाइ थियो ।
ठूलो पार्टीको हिसाबले केपी ओलीको दाबी हुनु स्वभाविक रहेको बताउँदै पार्टीका शीर्ष नेता हार्नुका कारण खोजिने र मिलाएर लैजाने उहाँले बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
 बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप