लन्डन । खाद्य सामाग्री तथा मासु बेच्ने साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित एभरेष्ट स्टोरमा मुसा, छुचुन्द्रोको लिंड र पिसाब (मलमुत्र) पाइएपछि फुड हाइजिन रेटिङ ‘जिरो’ मा झरेको छ ।
स्थानीय ग्रीनवीच काउन्सिलका पदाधिकारीहरुको अनुगमनमा स्टोरमा मुसा, छुचुन्द्रोको मलमुत्र र गन्ध पाइएपछि स्टोरको फुड हाइजिन स्तर झारिएको हो । ‘जिरो रेटिङ’ भएपछि तत्काल सुधार आवश्यक हुन्छ, नत्र काउन्सिलले पसल नै बन्द गरिदिन सक्छ । फुड हाइजिनको उच्च स्तर ‘५’ हुन्छ ।
स्थानीय न्यूज सपरका अनुसार, गत ७ सेप्टेम्बरका दिन ग्रीनवीच काउन्सिललका निरिक्षकहरुले पसलको अनुगमन गरेका थिए । त्यस क्रममा उनीहरुले मुसाको लिंड, पिसाबको दुर्गन्ध चाल पाएका थिए जुन स्वास्थ्यका लागि अहितकर ठानिन्छ । अनुगमनकर्ताले दही, सागसब्जीको छेवैमा काम नलाग्ने मासु थुपरिएको समेत भेट्टाएका थिए । पर्याप्त सरसफाइ नभएको र हात धुने बेसिनपनि सहज पहुंचबाहिर रहेको ति अधिकारीहरुले बताएका थिए ।
नेपालीले सञ्चालन गरेको अल्डरसट, फार्नबोरो आदि क्षेत्रका स्टोरहरुमा पछिल्लो समय ‘हाइजिन इस्यू’ बढ्दै गएको छ । नेपालीले नेपालीलाई ‘कमसल माल बेचे पनि चलिहाल्छ नि’ भन्ने मानसिकताले काम गरेको कतिपयको बुझाइ छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा